सरकारले नयाँ सवारी भाडादर तोक्यो

८ आश्विन २०७५, सोमबार ०९:१७

 

काठमाडौँ( सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम हुने गरी सार्वजनिक गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४ तिर्नुपर्नेछ । साविकमा रु १३ न्यूनतम भाडा भए पनि सवारी साधनले यात्रुसँग रु १५ लिँदै आएका थिए ।

नयाँ व्यवस्थाअनुसार भाडा बृद्दि भएको छ ।

मालसामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ । मालबाहक ट्रक तथा कन्टेनरको हकमा वीरगञ्ज–काठमाडौँको भाडा रु २० हजार ७७३, वीरगञ्ज–पोखरा रु १८ हजार ८८३ कायम भएको छ भने काँकडभिट्टा–महेन्द्रनगरको भाडा रु ४५ हजार १८९ कायम गरिएको छ ।

कुन स्थानमा जान कति भाडा

काठमाडौँ–सिलगढी रु १६७५
काठमाडौँ–इलाम रु १३४८
काठमाडौँ–उर्लाबारी रु १०८४
काठमाडौँ– कटारी रु ८०४
काठमाडौँ– कलैया रु ५६३
काठमाडौँ– काँकडभिट्टा रु ११७२
काठमाडौँ–कुमारखोज झापा रु ११७२
काठमाडौँ–कुरिनटार रु २०९
काठमाडौँ–कृष्णनगर रु ६८६
काठमाडौँ–कोठियाघाट रु ११३६
काठमाडौँ–खोपासी रु ८४
काठमाडौँ–गल्छी रु ९९
काठमाडौँ–गाइघाट रु ८६८
काठमाडौँ–गुलरिया रु १०९१
काठमाडौँ–गोरखा रु ३०७
काठमाडौँ–गोलधाप रु ११६९
काठमाडौँ–गौर रु ६५१
काठमाडौँ–गौरीगञ्ज रु ११२३
काठमाडौँ–महोत्तरी रु ७१३
काठमाडौँ–चिसापानी कर्णाली रु ११००
काठमाडौँ–चौतारा रु १९५
काठमाडौँ–जनकपुर रु ७३६
काठमाडौँ–जलेश्वर रु ७६५
काठमाडौँ–जिरी रु ५३२
काठमाडौँ–तातोपानी रु २७५
काठमाडौँ–त्रिशूली रु १७५
काठमाडौँ–धनगढी रु १३२१
काठमाडौँ–साँफेबगर रु १८७३
काठमाडौँ–धरान रु १०४१
काठमाडौँ–धादिङबेँसी रु १८४
काठमाडौँ–धुन्चे रु २९७
काठमाडौँ–धुलिखेल रु ६३
काठमाडौँ–नारायणगढ रु ३०७
काठमाडौँ–नारायणगढ– हेटौडा रु ४५३
काठमाडौँ–नेपालगञ्ज रु १०२५
काठमाडौँ–पनौती रु ६३
काठमाडौँ–पोखरा रु ४२८
काठमाडौँ–बालिङ रु ५८५
काठमाडौँ–फत्तेपुर रु ९२२
काठमाडौँ–भालुवाङ–प्यूठान रु ९२८
काठमाडौँ–भैरहवा रु ५६१
काठमाडौँ–मटिहानी रु ७८४
काठमाडौँ–मलङ्गवा रु ६७१
काठमाडौँ–महेन्द्रनगर रु १३३२
काठमाडौँ–मेलम्ची रु १६२
काठमाडौँ–राजगढ रु ११६६
काठमाडौँ–बाग्लुङ रु ६०८
काठमाडौँ–वीरगञ्ज रु ५४०
काठमाडौँ–सिन्धुली रु ७३५
काठमाडौँ–सुर्खेत रु १२११
काठमाडौँ–सिराहा रु ८००
काठमाडौँ–बुटवल रु ५१९
काठमाडौँ–स्याङ्जा रु ५१०
काठमाडौँ–तम्घास रु ८४०
काठमाडौँ–तानसेन रु ६१५
काठमाडौँ–धनकुटा रु १२०१
काठमाडौँ–वसन्तपुर रु १३२२
काठमाडौँ–सन्धिखर्क रु ७८८
काठमाडौँ–सल्यान रु ७९९