सुरक्षा व्यवसथा कडा पारेर काठमाडौं ल्याईदै ईन्धन बोकेका ३५ ट्यांकर

५ आश्विन २०७५, शुक्रबार १७:०९

काठमाडौं । ईन्धनको समस्या कम गर्ने उद्देश्यका साथ कडा सुरक्षा व्यवस्थाका वीच ३५ ट्यांकर काठमाडौं ल्याईदै छ । ति ट्यांकरहरु नेपाल आयल निगमको क्षेत्रीय कार्यालय भलवारी डिपोबाट ल्याउन लागीएको हो ।

सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव भएपछि स्थानीय प्रशासनले व्यवासयी र चालकहरुसँग सहमति गरेर इन्धन बोकेर ट्यांकरलाई राजधानी पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको ।

उनका अनुसार राजधानीका लागि भलवारी डिपोबाट १५ वटा ट्यांकर गुडिसकेका छन्। चालकको आन्दोलनका कारण कडा सुरक्षा व्यवस्थामा भलवारीबाट ट्यांकर राजधानीतर्फ गुडेका हुन्।

‘बिहानसम्म व्यवसायी र चालकले ट्यांकर लान सहमति जनाएका थिएनन्। छलफलपछि ट्यांकर लान तयार भएका छन्’, उनले भने, ‘अहिले १५ वटा पेट्रोलका ट्यांकर पठाइएको छ र केही समयपछि २० वटा डिजेलका ट्यांकर तथा थप केही पेट्रोलका ट्यांकर पठाउने छौँ।’

भैरहवा भन्सार कार्यालयका अनुसार चालकको आन्दोलन पश्चात बेलहिया नाकाबाट असोज २ गते ११ वटा एलपी ग्याँस बुलेट, ३ गते ३४ वटा डिजेल, २३ वटा पेट्रोल र १३ वटा मट्टीतेलको ट्यांकर र ४ गते ५० वटा डिजेल, १४ वटा पेट्रोल, एउटा मट्टीतेल, ७ वटा एल।पी ग्याँस बुलेट भित्रिएका छन्।

चालकको आन्दोलनलाई लिएर बिहीबार जिल्ला प्रशसान कार्यालय रुपन्देहीमा बसेको सर्वदलीय बैठकले २ बँुदे सहमति गर्दै यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रशासनले बिहीबारदेखि नै सुरक्षा व्यवस्थासहित सार्वजनिक यातायात संचालन गर्ने र सवारी संचालन ल्याउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमति–पत्र लगायतका कागजपत्र १५ दिनसम्म निलम्बन गर्ने निर्णय भएको थियो। निर्णय भएको २४ घण्टा बितिसक्दा समेत यातायात व्यवसायी तथा चालक मजदुरले सार्वजनिक यातायात संचालन गरेका छैनन्।