काठमाडौं । शिक्षकसेवा आयोगको परिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ। शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन लागेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको हो । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार परीक्षा सञ्चालनको सबै काम सकिएकाले परिक्षामा सामेल भई ढुक्क संग परिक्षा दिन परीक्षार्थीलाई आग्रह गरेका छन् ।
यही असोज ११ गते माध्यमिक तह, १२ गते निम्नमाध्यमिक तह र १३ गते प्राथमिक तहको परीक्षा हुँदैछ । उनकाअनुसार सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको छ भने प्रश्नपत्र परीक्षा हुनुभन्दा एक दिनअगाडिमात्र पुग्नेछ । शनिबारदेखि सोमबारसम्म शिक्षा विकास तथा जिल्ला समन्वयका प्रमुख र केन्द्राध्यक्षलाई परीक्षा सन्चालन र व्यवस्थापनसम्बन्धी तालिमसमेत दिइने उनले जानकारी गराए ।
रीक्षामा ३४ जिल्लामा एक हजार २३२ परीक्षाकेन्द्र स्थापना गरिएको छ । परीक्षा सन्चालन गर्नका लागि एक हजार २३२ केन्द्राध्यक्ष र दुई हजार ४६४ सहायक केन्द्राध्यक्षसहित करिब १४ हजार कर्मचारी आवश्यक पर्ने उनले बताए । परीक्षामा १२ हजार ७३९ पदका लागि करिब दुई लाख ७५ हजार परीक्षार्थी रहेका छन् ।
प्राविमा एक लाख ५५ हजार, निमाविमा ८१ हजार र माविमा ३९ हजार परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षालाई मर्यादित बनाउनका लागि जुन जिल्लाबाट परीक्षा फाराम भरेको हो, सोही जिल्लाबाट परीक्षा दिन नपाइने नयाँ व्यवस्था गरिएको छ । रासस