मूल्य बृद्धि फिर्ता नहुँदा सम्म दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्नेःसिटौला

५ आश्विन २०७५, शुक्रबार १०:५९

 

काटमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो ।

नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ ।

यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।

आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर ५ गते देखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ‘पटकपटक इन्धनको मूल्य बढ्दा गाडी चलाउन नसक्ने अवस्था आयो’ उनले भनेका छन् ।