असोज ५ गते देखि टिकट बुक गर्न सुरु

३ आश्विन २०७५, बुधबार १४:१२

 

काठमाडौं । सरकारले यातायात समितिहरुको रोक्का रहेका बैंक खाता खुला गर्न आन्तरिक गृहकार्यमा जुटेको छ । यसका लागि यातायात व्यवस्था विभागले विभिन्न विकल्पसहितका सझुाव अघि सारेको छ ।

दशैंको अग्रिम टिकेट बुकिङका लागि व्यवसायीले बस सञ्चालन, कर्मचारी व्यवस्थापन, काउन्टटरको सञ्चालन लगायतमा खर्चको समस्या देखाएका थिए । पैसा जति सबै रोक्का भएको खातामा रहेकाले दशैंको खर्च व्यवस्थापन गर्न नसकिने व्यवसायीको भनाइ थियो ।

विभागले खाता खोल्न वा आवश्यक रकम झिक्न दिने आश्वासन दिएपछि व्यवसायी असोज ५ गतेबाट बुकिङ खोल्न समहत भएका थिए । त्यसैअनुसार समितिका खातामा रहेको पैसा खर्च गर्न दिन प्रस्ताव अघि बढाइएको हो ।

व्यवसायीले घाइतेको उपचारमा पनि समस्या भइरहेको बताएका छन् । यातायात समितिहरुलाई सरकारले पुसम्म कम्पनीमा जान समय दिएको छ ।

व्यवसायीले समितिको रोक्का भएको बैंक खाताको रकम राष्ट्रियकरण हुनसक्ने देखेपछि सो रकम निकाल्न विभिन्न जोडबल गर्दै आएका छन् । त्यसैअनुसार उनीहरुले दशैंको बुकिङमा पनि बार्गेनिङ गरेका थिए

सरकारले दशैंपछि सार्वजनिक सवारीको भाडा समायोजन गर्ने मौखिक सहमति पनि गरेको छ । पछिल्लो समयमा डिजेल पेट्रोलको मूल्य उच्च रुपमा बढिरहेकाले भाडा समायोजन गर्नुपर्ने माग व्यवसायीले गरेका छ ।