करदातालाई कर करले होइन, रहरले तिर्ने वातावरण बनाऔंः अर्थमन्त्री खतिवडा

१ आश्विन २०७५, सोमबार १३:५३

 

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कर प्रशासनका कर्मचारीलाई ईमानदारीका साथ काम गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री खतिवडाले कर असुलीमा कसैले औंला ठड्याउन नपर्ने गरी काम गर्न कर प्रशासनका कर्मचारीहरुलाई सचेत गराएका हुन् ।

काठमाडौंको बबरमहलमा सोमबार स्थापना गरिएको मध्यमस्तरीय करदाता कार्यालयको उद्घाटन गर्दै उनले करदातालाई कर तिर्न जाउँजाउँ लाग्ने वातावरण बनाउन पनि करदाता कार्यालयहरुलाई आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले कर प्रणालीलाई लगानीमंत्री बनाएर करको दायरा बढाउन सरकार सजग र सचेत रहेको पनि स्पष्ट पारे । अर्थमन्त्रीले कर करले होइन, रहरले तिर्ने बातावरण बनाउन सवै कर कार्यालयलाई आग्रह गरेका छन ।

अर्थमन्त्री खतिवडाले सबै व्यवसायिक संघ, संस्थाहरुलाई करको दायरामा ल्याउन कर कार्यालयहरुको स्थापनामा सरकारले जोड दिएको जानकारी दिए ।

मन्त्रिपरिषदको गत असार २० गतेको निर्णय अनुसार सरकारले मध्यम स्तरीय करदाता कार्यालय स्थापना गर्न सुरु गरेको हो ।

२५ देखि ८० करोडसम्म कारोबार गर्ने व्यवसायीहरुको कर असुली गर्ने अधिकार मध्यमस्तरीय करदाता कार्यालयलाई दिइएको छ ।