साउदीमा काम गर्ने नेपाली कामदारको पारिश्रमिक नौ हजार वृद्धि

१ आश्विन २०७५, सोमबार ०७:५८

काठमाडौं । अब साउदी अरबमा काम गर्न नेपाली कामदारको पारिश्रमिक करिब नो हजारले बृद्धि गरिएको छ । सरकारले साउदीमा काम गर्ने कामदारको न्युनतमतम पारिश्रमिक निर्धारण गर्ने क्रममा उक्त मुलुकमा काम गर्ने श्रमिक र अन्य व्यावसायिक कामदारको पारिश्रमिक बढाईएको समाचार आजको कारोबार दैनिकमा छ।

साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभुत पारिश्रमिकका लागि छ वर्षपछि न्युनतम ज्यालामा पुनरावलोकन गरेको छ । पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार रुपैयाँ पाउनेछन्।

 

पुनरावालेकन गरिएको २०० पारिश्रमिक र १०० भत्ता गरी अब साउदी जाने नेपालीले १३०० रियाल अर्थात ३९ हजार रुपैयाँ पाउने देखिएको छ। अहिले साउदी जाने श्रमिकले ८०० पारिश्रमिक र २०० भत्ता गरेर एक हजार रियाल अर्थात ३० हजार रुपैयाँ पाउँदै आएका छन्। श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले लागु गरिएको पारिश्रमिक र भत्ताअनुसार नै दुतावासबाट मागपत्र प्रमाणीकरण गरेर ल्याउनुपर्ने बताए।