समाजसेवी महरा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी कोषाध्यक्ष

३१ भाद्र २०७५, आईतवार १४:४३

 

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौं गठन भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्ष्यतामा गठित संघको कोषाध्यक्षको जिम्वारी ब्युटी उद्यमी शुषमा महारले पाएकी छिन्। फेसियल हाउसकी सञ्चालिका महराले उक्त जिम्मेवारीलार्इ आफूले कुशलता पूर्वक निर्वाह गर्ने बताइन् ।

नेपाल चेम्बर अफ कर्मसले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता नवीकरण नगरेपछि काठमाडौंमा संघ गठन भएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट विधिवध रुपमा दर्ता भएपछि नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौं जिल्लाको सदस्यका रुपमा यो संघ गठन भएको हो।
संघका उपाध्यक्षमा हेमराज ढकाल, जयप्रसाद सिवाकोटि र उत्तम श्रेष्ठ रहेका छन्। महासचिवमा रमनाथ श्रेष्ठ, र सचिवमा लोकनाथ गैरे चुनिएका छन्। सदस्यहरुमा प्रदिपमान प्रधान, राजेन्द्र शेरचन, रविन श्रेष्ठ लागायत ब्यत्तिहरु रहेका छन्।