लगानी गर्न कोही डराउनु पदैनः प्रधानमन्त्री ओली

२९ भाद्र २०७५, शुक्रबार १४:५५

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र गतिमा आर्थिक विकास गर्न खोजेको बताएका छन् । काठमाडौंमा भएको आर्थिक विकास सम्बन्धी एक कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री ओलीले भने, ‘विगतमा विभिन्न कारणले बन्द भएका उद्योगहरु पुनः सञ्चालन र नयाँ उद्योगको स्थापना सरकारको प्राथमिकतामा छ

प्रधानमन्त्री ओलीले दुई तिहार्इ बहुमतसहितको सरकारको मुख्य लक्ष्य

छिटो आर्थिक समृद्धि भएको र अहिलेको समय स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई राम्रो मुनाफा कमाउने उपयुक्त अवसर भएको बताए ।

औद्योगिक क्षेत्रमा बिनाहिचकिटाहट लगानि गर्नका लागि लगानी कर्तालाई उनले आव्हान समेत गरेका छन् । लगानिका लागि एकद्धार प्रणालीबाटै आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘वान डोर सिस्टमबाट नै लागनि गर्नुपर्ने हुन्छ’, लगानी सुरक्षित हुँदैन कि भन्ने सोच्नुपर्दैन ।’

प्रधानमन्त्री ओलीले भारत र चीन दुबैदेशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चहना पूरा गर्न खोजेको समेत बताएका छन् । उनले रक्सोल काठमाडौं रेलबारे प्रोटोकलमा केही दिनमा सहमति हुनेसमेत बताएका छन् ।
‘समृद्ध नेपाल खुसी नेपाली सरकारको लक्ष्य हो । विकासले मात्रै मान्छे खुसी हुँदैन,’ प्रधानमन्त्री ओली भन्छन्, ‘सुरक्षा चाहिन्छ । स्वतन्त्रता चाहिन्छ । त्यस अनुरुपको अधिकार प्रत्योजना गर्न सरकार प्रयासरत छ ।’