काठमाडौं । सर्वोच्च अदालतले बन्द हड्ताल गर्न रोक्न आदेश दिएको छ । पछिल्लो समय मुलुकमा स्वास्थ्य क्षेत्रमा समेत हड्ताल हुन थालेपछि त्यसविरुद्ध परेको रिटमा विहिबार सुनुवाई गर्दै सर्बोच्चले यस्तो आदेश दिएको हो । स्वास्थ्य क्षेत्र अत्यावश्यक भएकोले त्यसमा बन्द हड्ताल गर्न नहुने आदेशमा उल्लेख छ ।
डा गोविन्द के।सी प्रकरणले मुलुकमा पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा समेत बन्द हड्ताल हुन थालेको छ । त्यसबाट बिरामी प्रताडित भएपछि स्वास्थ्य क्षेत्रमा बन्द हड्ताल रोक्न माग गर्दै रिट परेको थियो ।
