धानबारीमा फेला परिन ९ महिने बालिका

२८ भाद्र २०७५, बिहीबार १०:०७

कञ्चनपुरमा आमाकै काखबाट चारी भएको भनिएकी ९ महिने बालिका नजिकैको धानबारीमा फेला परेकी छन् । राति सुतिरहेको अवस्थामा आमाको काखबाट उनलाई चोरी गरिएको भन्दै परिवारले प्रहरीलाई खबर गरेको थियो ।

बालिकाको खोजी गर्ने क्रममा विहान करिब ७ ः ५० मा बालिकालाई नजिकैको धान बारिमा भेट्टाईएको हो । बालिकाकी आमा माईति घर आएको बेला बालिका माईतिघरबाटै चोरी भएकी थिईन ।