काठमाडौं– प्रेस युनियनले पत्रकार राजु बस्नेतलाई अदालतको आदेश लिएर प्रहरीले पुनः नियन्त्रणमा लिएको घटनाप्रति भत्र्सना गर्दै विना शर्त रिहाइ गर्न माग गरेको छ ।
खोजतलास साप्ताहिक तथा खोजतलास डटकमका प्रधानसम्पादक समेत रहेका बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गर्ने भनदै काठमाडौं जिल्ला अदालतबाट भदौ २४ गते पक्राउ पुर्जीका लागि आदेश लिएर पक्राउपछि गरी मुद्दा चलाउने तयारी गरेको छ ।
युनियनले सुचना विभागमा दर्ता भइ प्रेस काउन्सिलमा सुचिकृत भएका कुनै पनि समाचार संस्थालाई समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा नलगाउने मान्यताविरुद्ध एवं सो ऐनमा आकर्षित नै नहुने विषयमा राज्यसत्ताको चरम दुरुपयोग गरी पत्रकारलाई अनावश्यक दुःख दिने र धरपकड गर्ने पूर्वाग्रही सोचअनुसार पत्रकार बस्नेतलाई पक्राउ गरिएको जनाएको छ ।