काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीमा एक जना कपडा व्यवसायीको हत्या भएको छ । कमल गाउँपालिका–६, मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो ।
छुरा प्रहार गरेर उनको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
स्रोतका अनुसार पक्राउ पर्नेमा पौडेलका व्यवासयिक साझेदार श्रदाम हुसेन छन् । लेनदेनको विवादमा हुसेनले उनलाई छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।
प्रहरीले पौडेलको शव भेटिएको ठाउँमा अपराधमा प्रयोग भएको छुरा, मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल लगायतका सागम्री पनि फेला पारेको छ ।
