प्रधानमन्त्रीलाई कुर्दा कुर्दै भौकै–प्यासै

२४ भाद्र २०७५, आईतवार ०९:०८

काठमाडौँ । शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए । आजको कान्त्पिुर दैनिक लेख्छ–राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभा हलमा उनीहरुका लागि यो अवधि निकै छटपटीपूर्ण थियो । १ बजे समारोह उद्घाटनको कार्यतालिकाअनुसार विद्यार्थीलाई १२ बजे नै हलमा प्रवेश गराइयो । प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । हलमा खचाखच भरिएका विद्यार्थीले सहजै पानी पिउन र शौचालय जान पनि पाएनन् ।