त्रिविमा अध्यायन गर्ने साढे दुई लाख विद्यार्थी घटे

२२ भाद्र २०७५, शुक्रबार ०७:१०

काठमाडौं । पछिल्ला चार वर्षमा त्रिभुवन विश्व विद्यालयमा अध्यायनरत करिब साढे दुई लाख विद्यार्थी घटेका छन् । विद्यालयको ०७२ यताको आकडा अनुसार विद्यालयमा विद्यार्थीसंख्या ह्वात्तै घटेको पाईएको हो ।

अहिले विश्वविद्यालय अन्र्तगतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गरी छ लाख चार हजार ४३७ भर्ना भएकामा ०७५ मा जम्मा तीन लाख ६७ हजार ४२७ मात्र भर्ना भएका छन्। केही वर्षयता त्रिविमा निरन्तर विद्यार्थी संख्या घटेको छ। आंगिकमा मात्र होइन त्रिविका सम्बन्धनप्राप्त क्याम्पसमा समेत विद्यार्थी संख्या घटेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

०७२ मा आंगिकमा दुई लाख ७३ हजार ३४९ र सम्बन्धनप्राप्त क्याम्पसमा तीन लाख ३१ हजार ८८ गरी छ लाख चार हजार ४३७ विद्यार्थी भर्ना भएका थिए। ०७३ मा अघिल्लो वर्षभन्दा झन्डै दुई लाख विद्यार्थी घटेका छन्। सो वर्ष आंगिकमा एक लाख ६९ हजार ८६५ र सम्बन्धनप्राप्त क्याम्पसमा दुई लाख ६६ हजार ९१६ गरी जम्मा चार लाख ३६ हजार ७८१ विद्यार्थी मात्र भर्ना भए। ०७४ मा पनि विद्यार्थी संख्या निरन्तर घट्यो।
सो वर्ष त्रिविका सबै क्याम्पसमा गरी तीन लाख ६० हजार २५४ विद्यार्थी मात्र भर्ना भए। ०७५ मा अघिल्लो वर्षभन्दा कुल विद्यार्थी संख्या सात हजार बढेको त्रिविको तथ्यांक छ। ०७५ मा आंगिकमा एक लाख ४२ हजार २९६ र सम्बन्धनप्राप्तमा दुई लाख २८ हजार ९०६ गरी तीन लाख ६७ हजार ४२७ विद्यार्थी भर्ना भएका छन्।