गाडीभित्र शव भेटियो

२१ भाद्र २०७५, बिहीबार १०:४१

 

काठमाडौं – राजधानीको स्वयम्भु हाईटमा शव फेला परेको छ ।पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला परेको हो पार्किङ गरिराखेको अवस्थामा प्राईभेट कारमा शव फेला परेको बताईएको छ ।

बा। ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयम्भुले जनाएको छ ।

मृतकको पहिचान काठमाडौंको नैकाप बस्ने ३२ वर्षीय श्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।