मानव बेचबिखन तथा ओसारपसार गंम्भिर अपराधः मन्त्री थापा

२० भाद्र २०७५, बुधबार ११:०९

 

काठमाण्डौं,
महिला बालवालीका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचबिखन तथा ओसारपसार गंम्भिर अपराध भएको बताएकी छिन । यसको न्यूनिकरणका लागी सबै पक्ष सचेत र गंमिभर भएर लाग्नु पर्ने कुरामा पनि जोड दिइन । आज मानव बेचबिखन तथा ओसारपसार बिरुद्रको १२औं राष्टिय दिवसको अवसरमा काठमाण्डौमा बोल्दै उक्त कुरा बताइकी हुन ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औं राष्ट्रिय दिवस आज काठमाडौं उपत्यकासहित देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘संघीयताको महत्वपूर्ण सारः मानव बेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्यसहित गरौं खबरदार’ भन्ने मूल नारासहित यस वर्षको दिवस मनाउन लागिएको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाउँदै छ । मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय संघसंस्थाहरुले पनि बिभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, विद्यार्थी, अधिकारकर्मीलगायतको सहभागीतामा प्रभातफेरी लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

दिवसको अवसरमा बुधबार काठमाडौंमा प्रभातफेरी आयोजना गरिएको छ । बाजागाजासहित भृकुटीमण्डपबाट निकालिएको र्‍याली भद्रकाली, शहीदगेट, नयाँ सडक, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर समापन भएको थियो ।

सन् २००२ मा नेपालमा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महामन्त्री २००२’ लाई नेपालको व्यवस्थापिका संसदले २०६३ भदौ २० गतेका दिन अनुमोदन गरेको थियो । त्यसपछि प्रत्येक वर्ष नेपालमा भदौ २० गतेलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका रुपमा मनाउदै आइएको छ ।