चौहान जिल्लामा गर्जिदै

१९ भाद्र २०७५, मंगलवार १३:४७

काठमाण्डौ
अर्घाखाँची जिल्लाको पूर्व एमाले सचिव तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता राम बहादुर चौहान जिल्लामा गर्जिदै छन ।

 

आफना नेता कार्यकर्ताहरु संग राय सल्लाहा माग्दै बिधि प्रक्रिया स्थापित गराउन जोखिमपूर्ण लडाई लडिरहेका छन । उनले भने , म कुनै पद प्रतिष्ठा र आफनो ब्यक्तिगत स्वार्थ पुरा गर्ने उदश्यले यो लडाई लडेको होइन, पार्टी भित्र बिधि प्रक्रिया हुन्छ , त्यसलाई स्थापित गर्न यो लडाई लडेको हुँ , नेता चौहानले भने । शरिरमा एक थोपा रगत रहुन्जेलसम्म म यो लडाइमा लडिरहने प्रतिबद्दता समेत ब्यक्त गर्दछु , जिल्लामा धेरै नेता कार्यकर्ताहरुको साथ र सहयोग रहने बिश्वास समेत ब्यक्त गर्दछु । आयोखवर डटकमले सोधेको प्रश्नमा जवाफ दिदै चौहानले भने यो उदेश्य पुरा नगरी बिश्राम लिन्न । तपाईको साथमा नेता कार्यकर्ता छन की एक्लै गर्जिदै हुनु हुन्छ ? भन्र्ने प्रश्नको जवाफ दिदै चौहानले आर्कोशित हुदै भने तत्कालिन एमालेमा जिल्ला पार्टी सचिव पदमा नेता कार्यकर्ता नभएको भए कसरी जित्थ्येर ? चुनाव जितेरै पार्टी सचिव भएको हु । कसैले दया मयाँले टिका लगाइदिएको होइन । टिके प्रथाको अन्त्य हुनु जरुरी छ , चौहानले भने ।