सरकारको काम कार्वाही त्यति सन्तोषजनक छैनः वरिष्ठ नेता पौडेल

१९ भाद्र २०७५, मंगलवार १३:००

 

तनहुँ –नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको काम कारवाही त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन ।

मंगलबार तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाटका क्रममा नेता पौडेलले उक्त टिप्पणी गरेका हुन । नेपाललाई अहिले विकास चाहिएको छ , तर प्रधानमन्त्री ओली भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिँडेका छन ।

‘प्रधानमन्त्री केपी ओलीको पनि काम भन्दा बढि बोली मात्रै देखियो । नेपाललाई अहिले सामान्य विकास चाहिएको छ ।
उनले बर्तमान सरकारले ठुला र काम सुरु भएका आयोजनाहरुलाई समेत अलपत्र पारेर नालायकीपन देखाएको आरोप पनि लगाए ।

नेता पौडेलले नेपालको आर्थिक समृद्धिका आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकास भएको पनि बताए । उनले ७० वर्षदेखिको जनताको चाहाना बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने कुरामा जोड दिदै भने मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टहरुको शासन सुरु भएको छ । अव देशको बिकास समृद्दि के हुन्छ ? जनतालाई बिश्वास दिलाउन सरकार संग के आधार छ ? पौडेलले प्रश्न गरे ।