
काठमाडौं– पुनर्गठित माओवादी केन्द्रले नयाँ राजनीतिक नारा अगाडि सारेको छ ।
गत मंसिरमा सम्पन्न संघीय संसदको चुनावपछि देशले स्थीर सरकार पाएको बताइरहेको बेला सो पार्टीले राष्ट्रिय सरकारको माग अगाडि सारेको हो ।
भदौ १६ र १७ गते बसेको पोलिटव्यूरो वैठकले संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखनको मुद्दालाई तत्कालीन राजनीतिक कार्यनीति बनाएको पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले बताएका छन ।
उनले सरकारले राष्ट्रिय स्वाधीनतामाथि आच पुर्राएको, प्रतिक्रियावादी कर प्रणाली लागू गरेको, अपराध रोक्न नसकेको, पहिचान विरोधी प्रदेश नामकरण गरेको र संसद जनविरोधी भएपछि हाम्रो पार्टीले नयाँ कार्यनीतिक नारा अगाडि सारेको बताए ।
अहिलेको संविधानलाई पुरै मान्ने, आधा मान्ने र मान्दै नमान्ने तीन वटा शक्ति अस्तित्वमा रहेको भन्दै रायमाझीले सबैले मान्ने संविधान बनाउन पुनर्लेखनको माग अगाडि सारेको बताए ।
रायमाझीले विप्लवको पार्टीले आफूहरुको नारामा सहमति जनाए संसद विघटनको सम्भावना रहने बताए । नयाँ राजनीतिक शक्ति सन्तुलन देखा पर्ने अबस्थामा काँग्रेस पनि यो मुद्दामा आउने र राष्ट्रिय सरकार बन्ने पनि दावी गरेका छन्
किराँती नेतृत्वको पुनर्गगठित माओवादी, वैद्य नेतृत्वको माओवादी क्रान्तिकारी र विप्लव नेतृत्वको नेकपावीच पार्टी एकताका लागि पनि गृहकार्य भैरहेको जानकारी समेत रायमाझीले दिए ।
