चौहान जिल्ला फिर्ता

१८ भाद्र २०७५, सोमबार १२:२७

काठमाण्डौ । नेकपा एमालेका तत्कालिन अर्घाखाँची जिल्ला पार्टी सचिव तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका बर्तमान सचिवालय सदस्य राम बहादुर चौहान बरियताक्रमलाई मिचेर पार्टी एकता पछि तत्कालीन एमालेमा रहदा आफू संग सचिव पदमा हारेका पिताम्वर भुसाललाई अर्घाखाँची जिल्ला अध्यक्ष पद टिको लगाईदिएर दिएको भन्दै असन्तुष्टि रहदै आएका छन । लामो समय देखि राजनीतिमा सक्रिय चौहान प्रस्ट बक्ता र हक्की स्वभावका छन ।

राजनीति भन्दा अरु कुनै पेसा ब्यवसाय नभएका चौहान आर्थिक रुपमा कमजोर छन । जस्तो सुकै परिस्थितीमा पनि निराश नहुने चौहान अर्घाखाँची जिल्लामा लोकप्रिय नेता हुन । जनताले अत्यन्त रुचाइएका नेता चौहानले अहिले सम्म लाभको पद भने हात पार्न सकेका छैनन । केहि दिन अघि सम्म काठमाण्डौमा आएर बिभिन्न मिडिया मार्फत असन्तुष्टि पोखेर चर्चामा आएका चौहान अहिले अर्घाखाँची फर्किएर जनताको घर दैलोमा पुगेर गुहार मागीरहेका छन । पार्टीले अन्याय गरेयो भन्दै अहिले जनता संग रायसल्लाह माग्दै छन ।
राजनीतिका चर्तुर खेलाडी चौहान जनताको माझमा लोकप्रिय भएता पनि पार्टीले कहिल्लै उनलाई माथि आउन दिएको छैन । पार्टीको बिधि पद्दति र बिधान अनुसार
नेताहरु चल्नु पर्ने कुरामा जोड दिदै आएका छन । जो अध्यक्ष भए पनि बिधि अनुसार जानु परेयो । बिधि अनुसार पार्टी अध्यक्ष चौहान हुनु पर्ने चर्को आवाज जिल्लामा उठिरहेको छ