आत्मघाती बम विस्फोटमा पी तिन जनाको मृत्यु

१७ भाद्र २०७५, आईतवार १६:२३

मोगादिसु । सोमालियामा आत्मघाति बम विस्फोटमा परी तीन जनाले ज्यान गुमाएका छन् । उक्त वस्फोट सोमालियाको राजधानी मोगादिसुमा भएको थियो ।

मोगादिसुको हाउल्वादाग जिल्लामा स्थानीय सरकारी कार्यालयलाई लक्षित गरी भएको विस्फोटमा १४ जना घाईते भएका छन् । विस्फोटका कारण धेरै घरहरु ध्वस्त भएका छन् ।

सोमालियामा सक्रिय रहेको विद्रोही समूह अल सबाबले दशकौंदेखि यस्ता आक्रमण गर्दै आएको छ । विस्फोटको जिम्मा भने कसैले लिएको छैन । (एजेन्सी)