दावा लामा भारतमा पक्राउ

१७ भाद्र २०७५, आईतवार १३:१३

काठमाडौं– गुण्डा नाइके जीतेन्द्र तामाङ उर्फ दावा लामा भारतमा पक्राउ परेका छन् । दुबईबाट दिल्ली हुँदै काठमाडौं फर्किने क्रममा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका हुन् ।

नेपाल प्रहरीले उनी पक्राउ परेकोबारे बताउन चाहेको छैन । नेपाली कांग्रेसको युवा दस्ता तरुण दल काभ्रेको अध्यक्ष समेत रहेका उनले अर्का गुण्डा नाइके गणेश लामा समूहबाट छुटेर आफ्नै समूह निर्माण गरेर गुण्डागर्दी गर्दै आएको प्रहरीले बताउँदै आएको छ । यसैबीच नेपाल तरुण दलले एक विज्ञप्ति जारी गर्दै लामामाथि भएको धरपकडप्रति ध्यानाकर्षण भएको जनाउँदै लामाको निशर्त रिहाईको माग गरेको छ ।

तरुण दलका कार्यबाहक अध्यक्ष उत्तम चापागाईँले जारी गरेको विज्ञप्तिमा शनिबार बिहान ९ बजे इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले सोधपुछ छ भनि नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको उल्लेख छ । दावा लामा भारतमा पक्राउ काठमाडौं– गुण्डा नाइके जीतेन्द्र तामाङ उर्फ दावा लामा भारतमा पक्राउ परेका छन् ।

दुबईबाट दिल्ली हुँदै काठमाडौं फर्किने क्रममा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका हुन् । नेपाल प्रहरीले उनी पक्राउ परेकोबारे बताउन चाहेको छैन । नेपाली कांग्रेसको युवा दस्ता तरुण दल काभ्रेको अध्यक्ष समेत रहेका उनले अर्का गुण्डा नाइके गणेश लामा समूहबाट छुटेर आफ्नै समूह निर्माण गरेर गुण्डागर्दी गर्दै आएको प्रहरीले बताउँदै आएको छ । यसैबीच नेपाल तरुण दलले एक विज्ञप्ति जारी गर्दै लामामाथि भएको धरपकडप्रति ध्यानाकर्षण भएको जनाउँदै लामाको निशर्त रिहाईको माग गरेको छ । तरुण दलका कार्यबाहक अध्यक्ष उत्तम चापागाईँले जारी गरेको विज्ञप्तिमा शनिबार बिहान ९ बजे इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले सोधपुछ छ भनि नियन्त्रणमा लिएको जानकारी