भारतले सार्कलाई निस्कृय बनाउन खोज्योः मसाल

१७ भाद्र २०७५, आईतवार १०:४७

 

१७ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी मसालले विमस्टेकलाई भारतीय विस्तारवादी नीति अनुरुप अगाडि बढ्न दिन नहुने बताएको छ ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आइतबार एक वक्तव्य जारी गर्दै भारतले सार्कलाई निस्कृय बनाउन र सार्कको विकल्पका रुपमा विमस्टेकलाई अगाडि ल्याउने प्रयत्न गरिरहेको उल्लेख गरेका छन् । मसालले भारतीय विस्तारवादले सार्कलाई आफ्नो विस्तारवादी उद्देश्य पूर्तिका लागि उपयोग गर्न नसकेपछि त्यसको विकल्पका रुपमा विमस्टेकलाई लिएको दावी गरेको छ । सार्क सम्मेलन गर्न नसके ओली सरकार असफल हुन सक्ने पनि बताएकf छन । भारतले सार्क लाई निस्कृय बनाउन खोजेको आरोप समेत लगाएको छ ।