सुकुम्वासी परिवार जोखिममा

१६ भाद्र २०७५, शनिबार ११:४५

 

शुक्लाफाँटा नगरपालिका–११को बनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका एक दर्जन सुकुम्वासी परिवार विस्थापन हुनुपर्ने स्थितिमा पुगेका छन् ।

उक्त नदीले बस्दै आएको जग्गा बगाउन थालेपछि सुकुम्वासी परिवार विचल्लीमा परेका हुन् ।

नदीले बस्दै आएको जग्गा कटान गरी गहिरो खोला बनाएको र सडकबाट झरेको पानीले समेत जग्गा कटान गर्न थालेको छ ।

नदीले धमाधम जग्गा कटान गरी बगाउन थालेपछि जीउ जोगाउनका लागि सुरक्षित स्थानको खोजीमा लाग्नु पर्ने अवस्था त्यहाँ देखिएको छ ।

डेढ दशक अघिदेखि अस्थायी रुपमा श्रीकृष्ण सामुदायिक वन छेउ १२ परिवार सुकुम्वासी बस्दै आएका छन् । नदीले जग्गा बगाउन थालेपछि सुरक्षित स्थानमा सारीदिन माग गर्दै वडा र नगरपालिका कार्यालयमा निवेदन दिए पनि सुनुवाइ हुन नसकेको सुकुम्वासीको भनाइ छ ।