
तीजको पूर्व सन्ध्यामा नै हिन्दु धर्म मान्र्ने चेलीहरु दर खाने र गाँउने नाँच्ने क्रम अघिल्ला बर्ष जस्तै यस पाली पनि चलिरहेको छ । तीज आउनु भन्दा अघि देखि नै पार्टी प्यालेस लगायत महंगा होटलमा चेलीहरुले भडकिलो दर खाने र नाँच्ने र रमाईलो गर्न तछाड मछाड नै गदै आएका छन । छाडा गीत गाँउने र नाँच्ने क्रम बढे पछि यसको खुलेर बिरोध र आलोचना हुदै आएको छ । त्यस्तै आज काठमाण्डौको बुद्दनगरमा कार्यालय रहेको अलौकिक सेवा कुञ्ज नेपालले पनि भब्य र सभ्य रुपमा कार्यालयको अगाडी मैदानमा पाल टाँगेर टोल बासी चेली जम्मा गरी दर खाने , नाँच्ने र रमाइलो गर्ने कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा प्रदेश सभाका सदस्यहरु मिना ज्ञवाली , भावना सुवेदी , वडा सदस्य रोहीनी श्रेष्ठ पूर्व सभासद कल्याणी रिजाल , लोक दोहोरी गायिका राधिका हमाल लगायत बिशिष्ठ महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिक आमाहरु लाई कपडा बितरण गरिएको थियो । गायिका राधिका हमाल लगायत लाई कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको संयोजन चाँदनी आर्चाय , कार्यक्रमको सभापतित्व शारदा श्रेष्ठले गरेकी थिइन भने कार्यक्रम सञ्चालन सरस्वती बिष्ट सरुले गरेकी थिइन ।
