बिमस्टेका चार पाहुना आजै फर्कदै छन ।

१५ भाद्र २०७५, शुक्रबार १२:३९

बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आएका चार राष्ट्रप्रमुख र सरकार प्रमुखहरु आजै स्वदेश फर्कदै छन । छन्बगलादेश, थाइल्याण्ड, म्यानमार तथा भारतका सरकार प्रमुख आजै स्वदेश फर्कने कार्यक्रम छ ।

सबैभन्दा पहिला बंगलादेशकी प्रधानमन्त्री शेख हसिना १२ बजे फर्किएकी छिन । उनी फर्कने क्रममा त्रिपुरेश्वर माइतीघर, बानेश्वर सडक प्रभावित भएको छ ।

त्यस्तै थाइल्याण्डका प्रधानमन्त्री र म्यानमारका राष्ट्रपतिपनि आजै स्वदेश फर्कदैछन्। थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चानओछा रोयल थाइ एयरवेजको विशेष विमानमा फर्कनेछन्। उनी ४ बजे त्रिभुवन विमास्थलबाट उड्ने कार्यक्रम छ।

त्यस्तै म्यानमारका राष्ट्रपति विन मिन्टपनि आजै साढे ४ बजे स्वदेश फर्कनेछन्। सो क्रममा सोल्टी होटलबाट नयाँ बानेश्वर हुदैँ एयरपोर्टसम्मको बाटो बन्द हुनेछन्।

यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने नयाँ दिल्ली उड्नुअघि पशुपति पुग्नेछन्। उनले पशुपतिमा धर्मशाला उद्घाटन गर्नेछन्। मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षी भेटवार्ता गर्ने कार्यक्रम पनि छ। सो क्रममा रक्सौल काठमाडौ रेल्वे निर्माण सम्झौतामा हस्ताक्षर हुनेछन्। मोदी पुशपति पुग्दा गौशाला, मित्रपार्क, पुरानो बानेश्वर सडक प्रभावति हुनेछ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना भने आइतबार मात्र फर्कनेछन्। उनी शनिबार लुम्बिनी पुग्नेछन्। शनिबार लुम्बिनी दर्शनबाट काठमाडौं फर्किए लगत्तै उनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन्। नेपालले आजै बिमस्टेकको अध्यक्षता श्रीलङ्कालाइ हस्तान्तरण गर्दैछ।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार दासो छिरिङ वाङचुक शनिबार बिहान फर्कनेछन्।