१६ महिनादेखि अस्पतालमा बन्धक

१५ भाद्र २०७५, शुक्रबार ११:४४

बुटवल । उपचार शुल्क तिर्न नसक्दा बुटवलको एक निजी अस्पतालले १६ महिनासम्म युवकलार्इ बन्धक बनाएर राखेको खुलासा भएको छ । गरीबीका  कारण पैसा जुटाउन नसक्दा धेरैको  अवस्था बेला बेलामा यस्तो हुदै आएको समाचार पढदै आएका छौ । कुनै पनि बिरामी पैसाको अभावमा उपचार हुन बाट बन्चित नहुन ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २२ वर्षीय सुरज बिकलाई बुटवलस्थित जेनस अस्पतालले उपचार शुल्क तिर्न नसकेको भन्दै १६ महिनासम्म बन्धक बनाएर राखेको छ । सरकार र सम्बन्धित पक्षको ध्यान त्यतातिर पुगोस ।