गोरुको दुध गाउँलेलाई दुधको प्रसाद

१५ भाद्र २०७५, शुक्रबार ०८:३६

केहि दिन देखी सामाजिक सञ्जालमा गोरुले दुध दिएको एउटा भिडिायो भाईरल बनेको थियो । यो भिडियोलाई अधिकांसले बनावट भिडियो सम्झिएका थिए । तर, यो साँचो सावित भएको छ ।

सामाजिक सञ्जालमा भाईरल बनेको उक्त भिडियो सिन्धुपाल्चोकको भिडियो हो । पहिले देखी नै रहदै आएको गोरु ब्याउँदैन, दुध पनि दिँदैन । यसलाई उक्त गारुले गलत सावित गरिदिएको छ ।
हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ ।

तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् । भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन ।

अनि तामाङचाहिँ दँग । उनको घरमा गोरुले दुध दिएको हेर्न आउनेको भीडै लाग्न थालेको छ । सुरुमा तामाङ पनि कम्ती चकित परेका होईनन् । उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दुधको थोपा खस्न थाल्यो ।

गोरुको तन्तुबाट सेतो पदार्थ झर्न थालेपछि दुध हो कि भनेर दुहेको त हो रहेछ, तार थुनमध्ये दुईवटा बिहान बेलुकै दुहुने गरेको छु, उनले भने, सबैले भगवान शिवजीको साढे नन्दी भनेर पुजा गर्न थालेका छन् । आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।