सन्दीप लामिछानेले लिए यूएईका कप्तान मुस्तफाको विकेट

१४ भाद्र २०७५, बिहीबार ०८:३६

नेपालले एसिया कप छनोट प्रतियोगिताको यूएईविरुद्धको खेलमा आजको खेलमा दोस्रो सफलता हात पारेको छ ।

१४ औं ओभरको पहिलो बलमा सन्दीपले यूएईका कप्तान रोहन मुस्तफालाई आउट गराएका हुन् । कप्तान पारस खड्काको हातबाट क्याच आउट भएका थिए । उनले १ रन जोडे ।

यसअघि १३ औं ओभरको पहिलो बलमा बसन्त रेग्मीले आक्राकम इनिङ खेलिरहेका असफाक अहमदलाई एलबीडब्लुको शिकार बनाएका थिए । असफाकले ४१ बलमा ४५ रन जोडेका थिए ।