आज अवरुद्ध हुदै काठमाडौंका सडक, हेर्नुहोस् कुन ठाउँ ? कति समय ?

१४ भाद्र २०७५, बिहीबार ०८:०३

विहिबार काठमाडौंका सडक अबरुद्ध हुने भएका छन् । विम्स्टेक उद्धघाटनको विहान राष्ट्रपति विद्यादेवी भण्डारी सोल्टि होटल जाने भएकाले सडक अवरुद्ध हुन लागेको हो । आज विान बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि सोल्टीमोडसम्मको सडक करिब तीन घण्टा अवरुद्ध हुने छ।

शुक्रबार सम्पन्न हुने शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्का पधानमन्त्री बिहिबार नै आउने भएकाले बिहान ७.४५ दखि १० बजे सम्म त्रिभुवन विमानस्थल क्षेत्रको सवारी आवागमन अवद्ध हुने भएको हो।

त्यस्तै, कोटेश्वर, तीनकुने, मीनभवन नयाँबानेश्वर, बबरमहल माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु सोल्टीमोड सडक अवरुद्ध हुने ट्राफिक महाशाखाले जनाएको छ।

बिम्स्टेक सम्मलेनको उद्घाटनपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सहभागी राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुको शिष्टाचार भेट हुने कार्यक्रम रहेको छ।