प्रधानमन्त्री ओली र म्यानमारका राष्ट्रपति मिन्टबीच भेटवार्ता

१३ भाद्र २०७५, बुधबार १८:१४

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले म्यानमारका म्यानमारका राष्ट्रपति विन मिन्टलाई भेटेका छन् । उनीहरु बुधबार दिउँसो भेटवार्त भएको हो ।
बिमस्टेक शिखर सम्मेलनमा भाग लिन नेपाल आएका राष्ट्रपति मिन्टसाग बुधबार भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा छलफल गरिएको थियो । मंगलबार नेपाल आएका राष्ट्रपति मिन्ट बुधबार विहान लुम्बिनी भ्रमणमा गएका थिए ।

उनी बुद्ध एयरको विशेष विमानबाट गौतमबुद्ध विमानस्थल भैरहवाबाट नेपाली सेनाको हेलिकप्टरबाट लुम्बिनी पुगेका थिए । बिहान करिब ११ बजे लुम्बिनी पुगेका राष्ट्रपति मिन्तले लुम्बिनीमा करीब चार घण्टा बिताएर काठमाडौं फर्किएका थिए ।