बिम्स्टेक सम्मेलनः सवारी साधनमा जोर विजोर प्रणाली

१३ भाद्र २०७५, बुधबार ०८:०३

विहिबार देखी काठमाडौंमा सुरु हुन लागेको चौथो विम्स्टेक सम्मेलन सम्म सवारी साधनहरुमा जोर विजोर लगाईने भएको छ । सम्मेन भाद्र १४ र १५ गते हुनेछ । सम्मेलनमा भाग लिन नेपाल आउने विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन भन्दै सरकारले काठमाडौंमा सञ्चालन हुने गाडीमा तीन दिनसम्म जोर बिजोर नम्बर लागू गर्ने भएको छ।

भदौ १३, १४ र १५ गते ३ दिन उपत्यकामा संचालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनहरूलाई जोर बिजोर प्रणालीअनुसार सञ्चालन गरिने भएपछि दुई दिन बिजोर र एक दिन जोर नम्बर प्लेटका गाडी हिड्न पाउँनेछन्। तर ट्राफिक प्रहरी कार्यालयका अनुसार निश्‍चित सवारी साधनलाई भने जोर बिजोर लगाइएको छैन।

यी गाडीलाई लाग्ने छैन जोर विजोर

  • बिम्स्टेक कार्यक्रममा जाने निमन्त्रणा भएका सवारी साधनहरूलाई
  • गृह तथा परराष्ट्र र बिम्स्टेकमा खटिएका कर्मचारीहरूलाई
  • सांसदको सवारी साधनहरू ( परिचय पत्र हेरेर)
  • अत्यावश्यक सेवा, अतिआवश्यक कार्य (बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकेट भएका) हरूलाई
  • कुटनितिक नियोगका सवारी साधनहरू
  • सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरूलाई
  • बिहान ६ बजेअघि र बेलुकी १० बजे पछि सम्पूर्ण सवारी साधनहरू