राजधानीबाट प्रकाशित आजका सबै खबर पत्रिकाले विम्स्टेक सम्मेलबारे लेखेका छन् । पहिलोपटक नेपालमा आयोजना हुन लागेको विम्स्टेक सम्मेलनबारे सबै पत्रपत्रिकाले विभिन्न शिर्षक दिएर मुख्य समाचार बनाएको पाईन्छ । यसै विषयमा विम्स्टेकपछि संयुक्त सैन्य अभ्यास हेडलाईन दिएर कान्तिपुर लेख्छ्, विम्स्टेकका सदस्य राष्ट्रले चौथो शिखर सम्मेलन लगत्तै भारतमा संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । ३० ३० जना सैन्य अधिकारी सम्मिलित संयुक्त अभ्यास भदौ २५ देखी ३१ गते सम्म गते भारत महाराष्ट्र स्थीत पुणेमा आयोजना गरिने छ ।
नेकपाका दुवै घटकमा असन्तुष्टि देखिएकोलाई केही पत्रिकाहरुले समेटेका छन् । जिल्ला तथा प्रदेश नेतृत्वलाई लिएर दुवै घटकबीच असन्तुष्टि चुलिएको हो ।
पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै एनसी विमान खरिदबारे छानबिन गर्न गठित समितिले उल्टै ढाकछोप गरेको, मुख्य अपराधमा प्रहरी नै तानिएको, बिम्स्टेक पाहुनाका लागि ३ रुट तय गरिएको, दोषी लुकाउन निर्दोष किशोरलाई चरम यातना दिइएको, वितरण भइनसक्दै गयिरब परिचयपत्रको म्याद सकिन लागेको लगायत खबर छन् ।
कान्तिपुरले ‘बिम्स्टेकपछि भारतमा संयुक्त सैन्य अभ्यास’ शीर्षक दिएर चौथो शिखर सम्मेलनलगत्तै भारतमा संयुक्त सैन्य अभ्यास हुने लेखेको छ । समाचार अनुसार ३०/३० जना सैन्य अधिकारी सम्मिलित संयुक्त अभ्यास भदौ २५ देखि ३१ सम्म भारतको पुणेमा हुनेछ ।
भारतले पाकिस्तान सदस्य रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई बेवास्ता गरिरहेको बेला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का सात राष्ट्रले गर्ने संयुक्त सैन्य अभ्यासलाई भारतीय प्रभावका रुपमा चर्चा गर्न थालिएको छ ।’
यस्तै कान्तिपुर प्रसारण लाईनको समझदारिपत्रलाई अनुमोदन गर्नेबारे पनि लेखिएको छ । यस्तै मुख्य अपराधमा प्रहरी नै विवादमा, डढे गाउँलाई बल्ल नयाँ नाम लगायतका समाचारहरुलाई मुख्य पृष्ठमाा स्थान दिएको छ।
आजको नयाँ पत्रिका दैनिकले दोषि लुकाउन निर्दोष, किसोरीलाई चरम यातना शिर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचारमा कञ्चनपुर हत्या प्रकरणमा दोषी लुकाउन प्रहरीले किशोरलाई चरम यातना दिएको जनाईएको छ ।
वितरण भइनसक्दै गरिब परिचयपत्रको म्याद सकिन लागेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । योजनाअनुसार ०७० मै परिचयपत्र वितरण हुनुपर्ने थियो । तर भएन । त्यसैले परिचयपत्रको ५ वर्षे म्याद चार्ल आर्थिक वर्षसम्म अर्थात् ११ महिना मात्रै बाँकी छ ।
नागरिक दैनिकले प्रदेश ५ मा डेढ महिनाको अवधिमा ३३ बलात्कृत भएको डरलाग्दो तथ्यांक प्रस्तुत गरेको छ । समाचार अनुसार अधिकांश घटना सार्वजनिक नगरेर परिवारभित्रै मिलाइने गरेको छ ।
नागरिकमै नेकपामा केपी ओली र माधव नेपालबीच खटपट परेको समाचार छ । जिल्ला अध्यक्ष चयन गर्दा पार्टी अध्यक्षले एकलौटी गरेको आरोप लगाउँदै नेपाल पक्ष असन्तुष्ट बनेको हो ।
