यस्तो छन् विम्स्टेक शिखर सम्मेलनको तय भएका १६ एजेण्डा

१३ भाद्र २०७५, बुधबार ०६:५१

भोलिबाट काठमाडौंमा सुरु हुन लागेको चौथो विम्स्टेक सम्मेलनका लागी १६ वटा एजेण्डा तय गरिएका छन् । विमस्टेक शिखर सम्मेलनको एजेण्डाका विषयमा छलफल गर्न मंगलबार काठमाडौंमा बसेको परराष्ट्र सचिव स्तरीय बैठकले विमस्टेक ग्रिडबारे सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

बैठकमा विमस्टेक शिखर सम्मेलनमा छलफल हुने १६ वटा एजेन्डा पनि तय गरिएको छ । कनेक्टिभिटी, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, आतंकवाद, अपराधजस्ता विषयलाई शिखर सम्मेलनमा छलफल गर्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए । बैठकले सम्मेलनपछि घोषणापत्र जारी गर्ने निर्णय पनि गरेको छ ।