सरकारले पछिल्लो समय नेत्र विक्रम चन्द नेतृत्व माओबादीका नेताहरुलाई पक्राउ गर्ने क्रम तिब्र पारेको छ। फेरी प्रहरीले विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छिन् । भुजेललाई आगजनी मुद्धामा पक्राउ गरिएको हो । उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेको टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ । सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी भुजेल पहिलो संविधानसभामा समानुपातिक निर्वाचन पद्धतिबाट सांसदसमेत बनेकी थिइन् ।
माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको पार्टीमा गएकी उनी नेत्रविक्रम चन्दले पार्टी फुटाएर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा सक्रिय हुँदै आएकी थिइन् ।
