हराएको नाटक गरि ११ दिनकी छोरी हत्या गर्ने सुत्‍केरी आमा पक्राउ

१२ भाद्र २०७५, मंगलवार १८:१०

गोरखामा ११ दिनकी छोरीको हत्या गर्ने आमा पक्राउ परेकी छन् । गोरखाको सिरान्चो गाउँपालिका २ खमारीकी रश्मी राज भण्डारीले न्वारनकै दिन छोरीको हत्त्या गरेको खुलासा भएको हो । रश्मीले विहिबार राती शौचालय जाने निहुँ पारेर छोरीको हत्या गरेको प्रहरी अनुसन्धान पछि खुलेको छ।

 

उनले शिशुको हत्या गरिसकेपछि बेपत्ता भएको बताएकी थिईन् । तर, खबर पाए लगत्तै प्रहरीले उनका बाबु, आमा, हजुर आमा लगायत परिवारका सदस्यहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएरु छानविन थालेको थियो ।

घटनाको अनुसन्धना पछि गोरखा प्रहरीले मंगलबार उनकै आमाले मारेको पुष्टि गरेको हो। छोरीकी हत्यारा आमालाई मंगलबार गोरखा प्रहरीले सार्वजनिक समेत गरेको छ। ‘धेरै अनुसन्धान पछि उनले आफैँले छोरी मारेको भनेर स्वीकार गरेकी हुन ।

रश्मीले भनेअनुसार खोज्दै जाँदा शिशुलाई घर पछाडी मुला रोपेको बारीमा खाल्डो खनेर, कपडामा बेरेर, बोरामा हालेर पातीले छोपेको भेटियो ।’
रश्मीले सोहि राति १२ बजेको समयमा छोरी हराएको जानकारी छिमेकी लाई गराएकी थिईन ।