पानी परेको बेला फोन उठाउदै हुनुहुन्छ, सावधान! ज्यान जान सक्छ

१२ भाद्र २०७५, मंगलवार १६:४५

तपाईलाई सुन्दापनि अचम्म लाग्न सक्छ । पानी परेको बेला फोन उठाउनु मृत्युलाई बोलाउनु जत्तिकै खतरा हो । यो कुनै कथा होईन, सत्य हो । यस्तै घटना भारतको मुम्बई महाराष्ट्र स्थीत कोलापुरमा यस्तो भएको छ । कोलापुरमा पानी परेको बेला फोनबाट कुरा गरिरहेका आरटिओ अधिकारीको मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेमा आरटिओ अधिकारी प्रकाश पाटिल हरका छन् । भारतिय टेलिभिजन एविपी न्युजका अनुसार उनी परिवारसंग भुधरगढ किल्ला घुम्न गएका थिए । पानी परिरहेको थियो सोहि समयमा उनका साथीको फोन उनको मोवाईलमा आयो । जब उनले मोवाईलमा कुरा गर्न थाले तब आकाशको विजुली उनी माथी खसेको थियो ।

उनको सोहि स्थानमा मृत्यु भयो । तर, उनका छोरा श्रीमतिलाई भने केहि भएन् । उनीहरु अहिले सम्म पनि बेहोस छन् । नासिकको एवला निवासी पाटिल दुई वर्ष पहिले मात्र कोलापुर पोष्टिङ भएको थियो ।