जिप दुर्घटनामापरि ५ जना घाईते, ३ को अवस्था गम्भिर

१२ भाद्र २०७५, मंगलवार १४:१०

डडेल्धुरामा जिव दुर्घनाहुँदा ५ जना घाईते भएका छन् । जिल्ला सदरमुकाम नजिकैको आइत बजारमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर घाइते मध्य तिन जनाको अवस्था गम्भिर रहेको छ।

जिल्लाको देबलदिव्यपुरबाट सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल ल्याइँदैछ।

जिपमा चालकसहित १५ जना थिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जिप सडकबाट तल ४० मिटर खसेको प्रहरीको अनुमान छ।