नेकपा अर्घाखाँचीका नेता न्याय खोज्दै संघिय राजधानीमा

११ भाद्र २०७५, सोमबार १६:४३

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अर्घाखाँचीका जिल्ला नेता रामबहादुर चौहान न्यायको खोजिमा संघिय राजधानी काठमाडौ आईपुगेका छन् । सर्वसाधारणको अधिकारका निम्ति आवाज उठाउदै आएका नेता चौहान अहिले आफै अन्यायमा परेको भन्दै सहयोग माग्न राजधानी आएका हुन् ।

उनी कम्युनिष्टमा रहेर काम गर्न थालेको ३७ वर्ष भयो । उनले नेकपाका धेरै नेताहरुलाई सिँढि चढाउन हरबखत खट्दै गर्दा आफैले स्थान पाएनन् । चौहानले विद्यार्थी जिवनबाटै राजनिती सुरु गरेका थिए । अनेरास्ववियुमा आबद्ध हुदै । राजनितीमा पाईला टेकेका चौहान २०३८ साल देखी लगातार संघर्षरत छन् । उनले नेकपा स्थापित हुदै गर्दा थुप्रै पटक यातना समेत खेपेका थिए । उनी ०४२, ०४४ र ०४६ सालमा तीन पटक पक्राउ समेत परे । सो समयमा जेल जिवन विताउदा उनले धेरै यातना समेत भोग्नु परेको सुनाउछन् । उनले आफ्नो योगदानलाई पार्टिले अहिले नबुझेको बताए ।

यस्तो थियो उनको राजनितीक यात्रा
वि.सं. २०३८ सालबाट अनेरास्वविबाट राजनिती सुरु गरेका चौहान ०४९ सालमा पाणिनी बहुमुखी क्याम्पसको स्ववियु सभापति हुदै अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेर संगठनको जिम्मेवारी सम्हालेर काम गरे । यस्तै राष्ट्रिय परिषद् सदस्य, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय प्रचार विभाग सदस्य हुँदै एमाले प्रवृष्ट भएका चौहान ०६९ को सातौं जिल्ला अधिवेशनबाट अर्घाखाँची जिल्ला कमिटीको सचिवमा निर्वाचित भएका थिए ।

तर, हाल एकीकरण प्रक्रियामा आफूभन्दा ‘जुनियर’लाई जिल्ला अध्यक्ष सिफारिस गरिएको र आफूलाई अकारण गलहत्याइएको भन्दै ‘डेलिगेसन’ का लागि काठमाडौं आएको उनले बताए । उनले आफलुले विश्वास गरेको पार्टिभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल समेतको अवज्ञा गर्ने पात्रहरू जन्मिएको भन्दै चिन्ता व्यक्त गरे ।

फेसबुकबाट जिल्ला नेतृत्व तय भएको जानकारी

नेता चौहान आफु जिल्ला सचिव भएकै अवस्थामा जिल्ला नेतृत्व कहाँ ? कहिले ? र कसले ? तय गर्यो भन्ने विषयमा जानकार छैनन् । जिल्लाबाट पार्टिको कबुनैपनि आधिकारिक निर्णय गर्दा जिल्ला कमिटीको बैठक बस्नुपर्ने हुन्छ । बैठकका चिठी जिल्ला सचिबले काट्ने गरेका छन् । जिल्ला कमिटीको बैठक नै नबसी पार्टिबाट जिल्ला कमिटीको लागी नेताहरु छनौट गरेको उनले बताए ।

गएको जेठ १६ गते नेकपाले अपानी जारी गर्दै १५ दिनभित्रमा जिल्ला र प्रदेश एकीकरणको खाका बुझाउने गरी कार्यदल निर्माण गर्यो । परिपत्रम, “जिल्ला कमिटीको बैठक राख्ने र कमिटीले सिफारिस गरेको आधारमा कार्यदलले जिल्ला एकीकरणको खाका तयार पार्नू ।” जसमा पाँच नम्बर प्रदेशबाट शंकर पोखरेल, दलबहादुर राना, मणि थापा, गणेशमान पुन रहेको कार्यदल तयार पारियो । चौहानलाई भने यसविषयमा थाहा थिएन् । उनले फेसबुकबाट थाहा पाएका थिए ।

उनका अनुसार जिल्लाबाट सिफारिस गर्नुपर्ने नेताहरलाई अर्घाखाँची जिल्ला अध्यक्ष चेतनारायण आचार्य र जिल्ला इन्चार्ज नजिर मियाँले जिल्लाको बैठक नै नराखेर आफ्नो मनामानीको आधारमा नेताहरुको लिष्ट तयार पारेको उनले आरोप लगाए ।

जिल्लामा लामो समय सम्म संघर्ष गर्दै पार्टिलाई योगदान पुर्याउने नेतालाई लत्याएर पार्टिले नवौ वरियाताको नेतालाई सिफारिस गरेको उनले जनाए । हाल जिल्ला अध्यक्षमा सिफरिस भएका पिताम्बर भुसाल जिल्ला कमिटीको चौहानसँग ०६९ सालमा सचिवमा ४२ मतले पराजित भएका थिए ।

जनमतले अस्वीकृत र जिल्लाको पार्टी काममासमेत खासै क्रियाशील नभएको व्यक्तिलाई अध्यक्ष बनाएको भन्दै चौहान गुनासो बोकेर पार्टी नेतृत्व भेट्न काठमाडौँ आएका हुन् । उनले निवर्तमान अध्यक्ष आचार्य, निवर्तमान इन्जार मियाँले आफूखुसी नाम सिफारिस गरेको र अध्यक्षद्वयको निर्देशन अवज्ञा गरेको बताए ।