भदौ १०, २०७५ काठमाडौं ।
गत साता सरकारी निवासमा तीन घण्टा लामो सम्बोधन मार्फत् पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशमा भईरहेको अनियमितता आफ्नो सरकारलाई मान्य नहुने भन्दै सरकारी खर्च कम गर्न र मितव्ययी बन्नकै लागी आफूले प्रधानमन्त्री निवासमा नबस्ने भन्दै तीनवटा कोठा भएको सामान्य घरलाई प्रधानमन्त्री निवास बनाइका हुन् । प्रधानमन्त्री कार्यालयमा रहेका पाँच सय पच्चीस कर्मचारीलाई समेत जनताको काममा लगाउने भन्दै काममा दुई जना कर्मचारी मात्रै आफूसँग रहने छन् भने यसअघिका प्रधानमन्त्रीले प्रयोग गर्दै आएका तेत्तीस वटा बुलेट प्रुप गाडी मध्ये जम्मा दुईवटा मात्रै गाडी प्रयोग गर्ने भएका छन् । अन्य एकतीस वटा गाडी बिक्री गरी त्यसबाट आएको रकम राज्य कोषमा जम्मा गर्ने योजनामा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुईवटा प्रुप गाडी पनि आफूले सुरक्षाका दृष्टिकोणले मात्रै प्रयोग गर्नुपरेको प्रष्ट पारेका छन् । प्रधानमन्त्री कार्यालयमा रहेका असीवटा गाडी समेत बिक्री गर्ने र त्यस बापत्को रकम पनि सरकारी कोषमा जम्मा गर्ने निर्णयले उनि यतिबेला चर्चामा रहेका छन् । प्रधानमन्त्री खानले हेलिकप्टर, जहाजलाई विलासीका रुपमा नभई आवश्यकताका आधारमा प्रयोग गर्नु सरकारका मन्त्री, उच्चस्तरीय कर्मचारी, सुरक्षा निकायका अधिकारीलाई समेत निर्देशन दिएका छन् ।
हरेक सरकारी कार्यालयमा माफिया ९दलाल० हरु छन् भन्दै उनीहरुलाई समाप्त नपारेसम्म पाकिस्तानको विकास नहुने भन्दै उनीहरुसँग कहिल्यै सम्झौता नगर्ने पतिबद्धता व्यक्त गरेका खानका सामु चुनौति नै चुनौति पहाड छन् । सँगसँगै उनका लागि यो एउटा अवसर पनि हो । माफिया ९दलाल०लाईै कारबाही गर्दा उनीहरु आन्दोलनमा जान सक्ने र उनीहरुको आन्दोलन विपक्षी दलहरुको सर्मथन पाउन समेत र त्यसबाट सरकारलाई समेत समस्या उत्पन्न हुनसक्ने तर्क पनि प्रधानमन्त्री खान सचेत देखिन्छन् । प्रत्येक बर्ष प्रधानमन्त्रीको विदेश भ्रमणमा पैँसठ्ठी करोड पाकिस्तानी रुपैँया खर्च हुँदै आएको बताउँदै केका लागि यतिका धेरै रकम खर्च भयो त्यो पाकिस्तानी जनताले थाहा पाउनुपर्छ । यो आफ्नो नेतृत्वले जनतासँगै मिलेर खोज्ने बताएका छन् । उता सभामुखका लागि छुट्याईएको सोह्र करोड पाकिस्तानी रुपैँयाको आवश्यकता नरहेको भन्दै यसलाई कटौती गर्ने बताएका टन् । विधालय भन्दा बाहिर रहेका दुई करोड पच्चीस लाख बालबालिकाको भविष्यप्रति चिन्तित रहेका प्रधानमन्त्री खानले ति बालबालिकालाई स्कुलसम्म पुर्याउन आफू दिनरात काम गर्ने जनाएका छन् । सरकारी विधालय, निजी विधालय, सरकारी अस्पताल, निजी अस्पतातका बारेमा स्पष्ट निति तयार गरी सरकारी स्कुल र अस्पताललाई समेत अन्तराष्ट्रिय स्तरको बनाउनुपर्ने योजना अगाडी सारेका छन् । उनले अगाडी सारेको योजना सफल हुन्छ कि हुँदैनन् त्यो गर्भमा नै छ, भोलीका दिनमा नै प्र्रष्ट हुनेछ ।
सुरुवातीको कामले भने आम पाकिस्तानी जनता एउटा आशा अनि विश्वासको दियो बाल्न सफल भएको छ भने पाकिस्तानीको समृद्धि, विकास नँया पाकिस्तानको जग बसाल्ने कुरामा भने धेरैले आशा गरेका छन् ।
राजनैतिक व्यक्तिले व्यवसाय गर्दा देशलाई घाटा हुने कुरामा खान प्रष्ट देखिन्छ । यसले देश र जनता दुवैलाई घाटा हुने उनको विश्वासमा धेरै सहमत देखिन्छन् । यसले पाकिस्तानमा हाल मौलाएको राजनैतिकसँग जोडीएको व्यवसायी घरानामा भने ठूलो धक्का लाग्ने देखिन्छ । जनताका दुश्मन आफ्नो पनि दुश्मन भएको ठहर गर्दै उनले त्यसका विरुद्ध संघसभासाथ दिन जनतासँग अपिल पनि गरेका छन् ।
प्रधानमन्त्री खानले स्वर्गीय शुशिल कोइरालाको मुक्तकण्ठले प्रशंशा गर्दै कोइरालाको सादा जीवनशैली सम्मानित व्यक्ति आफ्नो राजनैतिक प्रेरणाको स्रोत भएको बताउँदै आफू कोइरालाकै पथमा चल्ने प्रण समेत गरेका छन् । त्यस्तै भारतीय पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको पनि खुलेरै प्रशंसा गरेका थिए । उनको पार्टी तेहारिक ऐ इन्साफले निर्वाचनमा बहुमत ल्याउन सकेन । साना दलको सहयोगमा सरकार सरकारको नेतृत्व गरेका खान सर्मथकका लागि भने साहसी, इमान्दार र स्वच्छ छविका नेता हुन् । जसको पाकिस्तान र पाकिस्तानी जनताले धेरै खोजीरहेका थिए ।
पाकिस्तानी क्रिकेटको अठार बर्ष सम्हालेका खानले एकपटक पाकिस्तानलाई विश्वकप जिताउन सफल भएका थिए । पाकिस्तानी जनताले उनको दललाई विश्वास गर्नुमा पछाडी भष्ट्रचार विरोधी र नँया पाकिस्तान निर्माण नै मुख्य थिए र छन् । अव जनताको विश्वास जोगाई राख्न खान कति सफल हुन्छन् त्यो हेर्न बाँकी छ ।
करोडौँको संख्यामा रहेको पाकिस्तानको गरिबी निवारण गर्न उनका लागि त्यति सहज भने छैन । पाकिस्तान कहिले सैनिक शासन, कहिले घरेलु हिंसाबाट आक्रान्त पाकिस्तानलाई निकास हुनु पनि उनको एउटा ठूलो चुनौती हो । भारतसँग सम्बन्ध सुधार गर्न चाहन्छ अमेरिका विरुद्ध विरोधी भनिन्छ । उनलाई अमेरिका सँग अबका दिनहरुमा कसरी सम्बन्ध विकास हुन्छ यो पनि एउटा महत्वपूर्ण पक्ष खानसँग जोडीएको छ । सँधै शान्तिमा रहेको पाकिस्तानी सेनाको काश्मीर र तालेवानसँग छ । यसकारण पनि सेना र सरकारमा फाटो ल्याउन सक्छ भन्ने तथ्यलाई खानले बुझाएका छन् ।
