सिराहामा ५५ वर्षिय बृद्ध मृत फेला, जेठाजुका छोरा पक्राउ

१० भाद्र २०७५, आईतवार ०८:५१

सिरहामा ५५ वर्षिय बृद्ध मृत फेला परेकी छिन् । सिराहाको गोलबजार १० निवासी ५५ वर्षिय कारीदेवी यादव हराएको दुई हप्ता पछि मृत अवस्थामा फेला परेकी हुन ।

हराउको दुई हप्तापछि कारीदेवीको शव घरबाट करिब ३ किलोमिटर टाढा नरहा गाँउपालिका १ स्थीत बासघारीमा गाडिएको अबस्थामा फेला परेको हो ।

गत साउन २५ गते बेलुका आठ बजे भतिजो (दिदीको छोरा) बिरामी छ, छिटो हिडभन्दै अपरिचित व्यक्तिले मोटरसाइकलमा चढाएर लगेको थियो ।

घरबाट अपरिचित व्याक्तिहरूले लगे संगै सम्पर्क बिहिन बनेपछि त्यहाँका स्थानियले र्इलाका प्रहरी कार्यलय गोलबजारमा भदौ ८ गते उजुरी दिएका थिए ।

प्रहरीद्वारा खोजिकार्यमा खासै चासो नदेखाएको भन्दै स्थानियले नै खोजि गर्ने क्रममा उक्त बाँसघारीबाट उनको शब बरामद गरेका हुन् । अपरिचित व्याक्तिहरू रातको करिब ११ र १२ बजे देखापरेको र त्यहाँको जमिन खनिएकोले त्यहाँ संकास्पत क्रियाकलाप हुनसक्ने जानकारी पाएपछि प्रहरीलार्इ खबर गरिएको थियो ।

कारीदेवीका श्रीमानले दोस्रो विवाह गरेको र उका छोराछोरी नभएका कारण कारीदेवीका घरमा उनि र उनका भार्इका छोरा बस्दै आएका थिए ।

जेठाजु रामदेव यादव र उनका छोरा लक्ष्मणा यादवले हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले लक्ष्मणा यादवलार्इ पक्राउ गरेको छ ।

शवलार्इ पोस्टमार्टमका लागी सिराहा लगिएको छ ।