खबर पत्रिकाः प्रहरीको गोलिबाट किसोरको मृत्यु

९ भाद्र २०७५, शनिबार ०७:१०

राजधानीबाट प्रकाशित आजको पत्रपत्रिकाहरुले प्रहरीको गोली लागेर एक किसोर मृत्यु भउको कञ्चनपुरको घटनालाई मुख्य समाचार बनाएका छन् । कञ्चनपुरको यो घटनालाई प्रहरीको गोलीले् किसोरको मृत्यु शिर्षक दिएर कान्तिपुर लेख्छ्, निर्मला पन्त हत्या प्रकरणको सत्य तथ्य छानविनको माग गर्दै आन्दोलनमा उत्रिएका सर्वसाधारण र प्रहरी विच झडपहुँदा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महेन्द्रनगर, भगतपुरका १४ वर्षिय सन्नी खुना रहेका छन् । यस्तै सोहि झडपमा परि अन्य २४ जना घाईते भउका छन् । यी मध्य ७ जनालाई गोली लागेको छ। गोली लागेर घाईते बनेका सात जनालाई उपचारको लागी सेति अञ्चल अस्पताल धनगढिमा लगिएको छ । लाठि चार्ज र भागदौडको क्रममा घाईते भएका १७ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ । बजार क्षेत्र तनाबग्रस्त भएपछि राति ७ बजेदेखी स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।

आजको कान्तिपुरले अनुमति नलिएको भन्दै विमानस्थलमा रोक शिर्षकका समाचारलाई पनि मुख्य पृष्ठमा स्थान दिएको छ । समाचार अनुसार विदेश जान लागेका तत्कालीन माओबादीका पुर्वबाल सैनिक लेनिन विष्टलाई सरकारले विमानस्थलबाट फिर्ता गरेको छ । माओबादि प्रमाणिकरणका क्रममा कम उमेरका कारण बहिर्गमनमा परेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमनले शुक्रबार विहान विमानस्थलबाट फिर्ता गरेको हो । यस्तै जनताले जोगाए रुपा शिर्षकको समाचारलाई पनि कान्तिपुर मुख्य पृष्ठमा स्थान दिएको छ । कास्कीको तेस्रो ठुलोताल रुपालाई स्थानीयले जोगाएको समाचारलाई मुख्य पृष्ठमा राखेको छ ।

आजको नयाँपत्रिका दैनिकले कञ्चनपुरको घटनालाई मुख्य पृष्ठमा स्थान दिउको छ । समाचारले प्रहरीको गोलीबाट १७ वर्षिय किसोर मृत्यु र २४ जना घाईते भएको उल्लेख गर्दै प्रशासनले संयमता गुमाएको उल्लेख गरेको छ । फास्ट ट्र्याक मा प्रमन्त्रीका निर्देशन शिर्षकको समाचार विषेश स्थान दिएको छ । समाचारले प्रधानामन्त्री केपी शर्मा ओलीले कार्यक्रममा बोल्दालामै प्रवचन पदिने गरेको तर यसको कार्यान्वयन भने नहुने गरेको कुरा उल्लेख गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकले पनि कञ्चनपुरको घटनालाई ने मुख्य समाचार बनाएको छ । यस्तै आजको अन्नपुर्ण पोष्टले  महलिा हिंसा अन्त्यको संकल्प शिर्षकको समाचारलाई पनि प्रमुख समाचार बनाएको छ । समाचार अनुसार महिलामाथिका बलात्कार, हत्या, हिंसा र शोषणका घटनालाई अन्त्य गर्न प्रतिनिधिसभाले संकल्प प्रस्ताव पारित गरेको गरि महिला हिंसा अन्त्य गर्ने अठोट गरेको छ । तर देशमा दैनिक बलात्कारका घटना घटिरहेको भएपनि सरकार यसबारे अनविज्ञ झै बनिरहेको समाचारमा उल्लेख गरेको छ । यस्तै अन्नपुर्णले हातपात गरे बर्खास्त शिर्षकको समाचारलाईपनि मुख्य पृष्ठमा स्थान दिएको छ ।

समाचारमा कर्मचारीले कसैलाई हातपात गरेका सिधै बर्खास्त गरिने उल्लेख गरिउको छ। प्रस्तावमा कर्मचारीहरुले ट्रेड युनियनको आडमा तल्लो तहका कर्मचारीलाई माथिल्लो तहका कर्मचारीहरुले हातपात गरिने भएकाले उनीहरुलाई सरकारी कर्मचारी भएर काम गर्न अयोग्य नहुने गरि बर्खास्त हुने प्रावधान गरिएको उल्लेख गरिएको छ ।