सुन्धारामा एक नजर

८ भाद्र २०७५, शुक्रबार १०:४३

लाल बहादुर वि.क  ।   काठमाडौं देशको मुटु हो । देशलाई सञ्चालन यहि बाट गर्ने गरिन्छ। तर, काठमाडौंको मुटु सुन्धारा क्षेत्र हो । काठमाडौं आउने हरेक व्याक्तिले सुन्धारा पक्कै पनि देखेको हुन्छ । काठमाडौंको कुनैपनि ठाउँमा जानकोलागी सुन्धारा भएरै जानुपर्ने हुन्छ ।

सबैतिर झकि झकाउ देखने सुन्धारक्षेत्रमा सधै मेला लागेझै मान्छेहरुको भिड हुन्छ । त्यो भिडमा सबैले देखेको एउटा दृष्य जसले सधै मनलाई भारि बनाउछ । आजभोली त्यो बाटो भएर जानपनि अप्ठ्यारो लाग्छ ।

म सुन्धारा पहिलो दिन गएको थिए । काठमाडौंमा नयाँ पनि थिए । अब काठमाडौं मलको अगाडि आर्लिए त्यो बेला मैले चारै तिर मान्छेहरुको भिड देखेको थिए । मलाई रमाईलो लागीरहेको थियो । गाउँमा मेला लाग्दपनि त्यति धेरै मान्छेहरु जम्मा हुदैन थिए । नयाँ बानेश्वर देखी माईक्रोमा चढेर गएको म पहिलो पटक सुन्धारामा पाईला टेक्दै थिए ।

यसो अर्कोतिर फर्केर हेरेको मेरो नजर सडक छेउमाा बसेर माग्दै गरेको एक अपाङ्गमा पर्यो । उसको खुट्टा थिएनन् । हातमा के समाएको थियो कुन्नी उसले त्यो बजाउदै थियो ।

एउटा दृश्य आँखामा ठोक्किन पुग्यो । त्यो दृश्य मोबाइलमा कैद गरेँ । उनी सडक छेउमा बसेर माग्दै गरेको एक अपाङ्ग थिए । उनको दुबै खुट्टा थिएनन् । काठमाडौँको सडकमा धुलोधुवाँ अति धेरै हुन्छ । तर पनि उनीहरूलाई त्यो धुलोधुवाँको प्रवाह नै थिएन ।

 

आफ्नो पेट पाल्नको लागी चर्किलो घाममा बसेर उनले सानो कचौरा थापेका थिए । यसपछि मैले विस्तारै सबै तिर नजर डुलाए । जता हेरेपनि उस्तै दृष्यहरु देखे । एकटकले नियाली रहे । सबैर्ला देख्दा एकचोटी आफुले जीवनभर विलासी भएर बसिरहेको आभाष भयो । बुवा आमाले पसिना बगाएर कमाएको सपत्तिमा सधै रमाएर हिँड्ने मैले पैसा कमाउनुको पिँडाबारे बुझे । सोचे ! यिनीहरुको पनि परिवार होला बालबच्चा होलान । तर, आफुले कमाउने अर्को माध्यम नै छैन् ।

कसैको हिँड्नलाई खुट्टा छैन् । कसैको देख्ने आँखा छैन् । यसले मलाई एकलमै पिरोलीरहेको थियो । सडकमा देखेको त्यो दृश्यले मलाई निकै भवुक बनायो ।

कसैको हिँड्नलाई खुट्टा छैन् । कसैको देख्ने आँखा छैन् । यसले मलाई एकलमै पिरोलीरहेको थियो । सडकमा देखेको त्यो दृश्यले मलाई निकै भवुक बनायो । यही सडकमा हरेक दिन हजारौँ मान्छेहरु ओहरदोहर भैरहन्छन् । तर, उनहिरुलाई कसैले एक नजर डुलाएर हेर्दैनन् ।  उनहिरु प्रति कसैको पनि ध्यान केन्द्रित देखिएन । मान्छेको जीवन कति दयनीय छ भने आफ्नै जीवनको सुख दुःखमा व्यस्त छन् । अरूको जीवनतिर फर्केर हेर्नेसम्म फुर्सद छैन ।

उक्त दृश्य देखेपछि मेरो मनमा असान्ति मच्चीयो । हजारौ सोचहरुको जन्म भयो । मलाई उनीहरु बारे चाँसो बढेर गयो । नयाँ बसपार्क जान भनेर टेम्पोमा राखेको पाईला झेरी झारे र उनीबारे जान्नको लागी निस्किएँ ।

मैले अपेक्षा राखे जस्तो उत्तर पाउन भने सकिन । ति मध्ये एक जना युवालाई भेटे जसले मलाई अचम्मीत पार्यो । ती दुई जनामा एक जनाले उनले स्नातक सम्मको पढाई गरेका रहेछन् अर्कोको श्रीमति स्नातक उतिर्ण रहेछन्। उनको पहिलो सन्तानले एसईई पास गरेर बसेका रहेछन् ।

यो सुनेर एक चोटी म अलमल्ल परे । स्नातक पढेको मान्छेले आखिर यस्तो काम किन गर्न थालेछन् ? के थियो त्यस्तो बाध्यता ? मेरो मनमा प्रश्नको वर्षत हुन थाल्यो । आफैले आफैलाई प्रश्न गर्न थाले । फेरी सोचे एक चाटी सोध्नै पर्छ ।

अनी मैले सोधे पहिलो युवालाई जसले स्नातक सम्मको पढाई गरेका थिए । उनले भने्, काम गर्न मन नलागेर यो पेसा अंगालेको होईन । बाध्यताले अंगालेको हुँ । मलाई पढाउन आउछ । तर, के गरौं यस्तो छ अवस्था कसैले बझ्दैन । सरकारले पनि केहि सुविधा दिने होईन ।

धेरै कुरा बताए पनि उनहिर सबै कुरा बताउने आवस्थामा भने थिएनन् । आफूलाई आफ्नै बारेमा धेरै कुरा थाहा नभएको बताए । उनीबाट थोरै कुरा जाने मेरो खल्तिमा दुईटा पचास थिए । उनीहरुको हातमा थमाएर आफ्नो गन्तव्यतिर लागें ।

हिँड्दैगर्दा उनको मानसिक अवस्था ठीक महसुस गरेँ । अनि सोच्न थाले आखिर सड्कपेटीमा पनि त जीवन भेटिँदो रहेछ । मागेरै भए पनि जीवन पाल्ने अवस्था आउदा पनि हरेस खानु हुन्न रहेछ ।

नेपालका मन्त्री, प्रधानमन्त्रहिरुले सुन्धाराको सडकपेटीमा उभिएर उननीहरुसंग भेट्ने हैसिय राख्न सक्छन् ?

अलिक हुनेखानेहरु सुन्दर महल र पजेरोभित्र आनन्दको जीवन बाँचिरहेका छन् । तर काठमाडौंको अनुहारसम्म नदेखेका यस्ता थुप्रै जीवनहरु छन् । जसले हरेकको जीवनकालाई एकचोटी कोल्टे फेल्न बाध्य पार्छन ।

फेरी सोचे नेपालमा दलाल नेताहरुले यीनिहरुको जीवन बारे किन सोच्दैनन् । उनहिरुले चाहे भने हरेकको जीवन सहज बनाउन सक्छन् तर किन सहज बनाउन चाहँदैन ? उनीहरू पनि राज्यको महत्वपूर्ण जीम्मेवारी निर्वाहमा छन् । निर्वाह गर्दै आएका छन् । नेपालका मन्त्री, प्रधानमन्त्रहिरुले सुन्धाराको सडकपेटीमा उभिएर उननीहरुसंग भेट्ने हैसिय राख्न सक्छन् ?

सुन्धाराको सडकपेटीमा यस्ता थुप्रै विचलित मानिसहरू छन्, जसले मागेरै जीवन पाल्छन् । यसरी अरूको सरल जीवनमा आफू र आफ्नो साखासन्तानको जीवन गुजार्न विवश छन् । चाहे त्यो नाटक गरेर होस् वा सत्य बोलेर होस् । भोकका लागि दिनभर दुई चार पैसा मागिरहेको हुन्छन् ।

 

राज्यलाई आफ्ना विचलित र अव्यवस्थित नागरिकलाई व्यवस्थित गर्ने कुनै उपाय अपनाउँदै । बरू आफ्नै कमजोर नागरिकलाई दुहना गाई बनाउँछन् ।

मुलुकमा चोरी, तस्करी र भ्रष्टाचारीबाट सीमित मान्छेहरू मोटाइरहेका छन् । तर राज्यलाई आफ्ना विचलित र अव्यवस्थित नागरिकलाई व्यवस्थित गर्ने कुनै उपाय अपनाउँदै । बरू आफ्नै कमजोर नागरिकलाई दुहना गाई बनाउँछन् । मनपर्दी कर लगाउँछन् । नागरिकले कर तिर्ने क्षमता नभए पनि ढाँड सेकिहन्छन् । उठेको कर शासकहरूको निजी स्वार्थबाट उब्रेको कहिल्यै देखिएन । अनि तिनै शासकहरू चर्को स्वरमा मुलुक समृद्धिको कुरा गर्छन् ।

राजधानीका सडकपेटीहरूमा यस्ता दयनीय मान्छेहरू सरकारले कहिल्यै देखेको छैन । देखेको छ भन्ने यसको समाधान खोइ ? यी अबोध बच्चा र विचलित व्यक्ति यो देशका नागरिक हुन् भने व्यवस्थापन खोइ ?