अन्दोलनको विचमै फेरिए सिडियो र एसपी

७ भाद्र २०७५, बिहीबार १७:२४

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा छानविन गरि कार्वाहिको माग गर्दै स्थानीयले आन्दोलन गरिरहेको बेला सरकारले सिडियो र एसपी फेरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाएर उनको ठाउँमा तारानाथ अधिकारी कञ्चनपुर पठाउको छ । यस्तै एसपी डिल्लीराज विष्टको ठाउँमा कुवेर कठायतलाई पठाउने तयारी रहेको छ । यस्तै निर्मला पन्तको हत्या प्रकरणबारे छानविनको लागी गृह मन्त्रालयले सह(सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन पनि गरेको छ ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए ।

बिहीबारै मात्रै आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।