नेविसंघद्धारा त्रिविमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग

७ भाद्र २०७५, बिहीबार १२:२७

भदौ ७, २०७५ काठमाडौं ।

नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको बताएको छ ।


युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले छानबिन गर्न माग गरेको हो ।

उक्त समितिमा रहेका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाए ।

उनले भने “त्रिविका सम्पूर्ण विभाग विद्यार्थीको हित र पक्षमा बन्न सक्नुपर्छ, अध्ययन अनुसन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ, त्रिविको लोगो र छापसमेत दुरुपयोग गरी वार्षिक लाखौँ रकम बुझ्ने काम भएको छ,” ।