नेकपाका ६५ जिल्लाको नेतृत्व बाँडफाँड, पढनुस् कहाँ को ?

७ भाद्र २०७५, बिहीबार १०:४५

कहाँ कसको नेतृत्व ?

प्रदेश १
पूर्वएमाले ः ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुर
पूर्वमाओवादी ः संखुवासभा र खोटाङ

टुंगिन बाँकी ः ओखलढुंगा, सोलुखुम्बु र उदयपुर

प्रदेश २

पूर्वएमाले ः धनुषा, सर्लाही, सप्तरी र पर्सा

पूर्वमाओवादी ः महोत्तरी, रौतहट र सिरहा
टुंगिन बाँकी ः बारा

प्रदेश ३
पूर्वएमाले ः मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेसागत जिल्ला कमिटी

पूर्वमाओवादी ः चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुली, युवा विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटी

प्रदेश ४
गोरखामा प्रेम गुरुङ, कास्कीमा दामोदर बैरागी, लमजुङमा कृष्णराज अधिकारी, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, बाग्लुङमा कृष्ण पाठक, मुस्ताङमा रमेश भट्टचन र मनाङमा त्रिपल गुरुङको एकल नाम पूर्वएमालेले अध्यक्षका लागि सिफारिस गरेको छ । त्यस्तै, तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना, पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी, नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ, स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाण र उदय श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस भएको छ । पूर्वमाओवादीले पनि छुट्टै नाम सिफारिस गरेको छ ।

जिल्लाहरूमा नेतृत्वको बाँडफाँड भएको छैन । पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको नाम छुट्टाछुट्टै सिफारिस गरेका छन् ।

प्रदेश ५
पूर्वएमाले ः दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा
पूर्वमाओवादी ः बर्दिया, बाँके, रोल्पा, नवलपरासी र रुकुम

कर्णाली प्रदेश
पूर्वएमाले ः दैलेख, सुर्खेत, जुम्ला र डोल्पा
पूर्वमाओवादी ः जाजरकोट, सल्यान, रुकुम र हुम्ला
टुंगिन बाँकी ः कालिकोट र मुगु

प्रदेश ७
पूर्वएमाले ः कैलाली, बैतडी, अछाम, बाजुरा र डोटी
पूर्वमाओवादी ः कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाङ

यी हुन् प्रदेश ३ का सर्वसम्मत अध्यक्ष

काठमाडौं ः रामशरण ढुंगाना (पूर्वएमाले)
मकवानपुर ः बद्री लम्साल (पूर्वएमाले)
धादिङ ः नेत्रराज पौडेल (पूर्वएमाले)
रसुवा ः कर्णेल लामा (पूर्वएमाले)
सिन्धुपाल्चोक ः झम्क नेपाल (पूर्वएमाले)
दोलखा ः भीम दाहाल (पूर्वएमाले)
ललितपुर ः हरिकृष्ण व्यञ्जनकार (पूर्वएमाले)
भक्तपुर ः बचन देउजा (पूर्वएमाले)
काभ्रे ः सूर्यमान दोङ (पूर्वमाओवादी)

पेसागत विशेष– प्रेम पराजुली (पूर्वएमाले)
उद्योगी व्यवसायी विशेष– चित्रगुप्त साँवा (पूर्वएमाले)
चितवन ः पूर्वमाओवादी (टुंगिन बाँकी)
सिन्धुली ः रामकुमार पौडेल (पूर्वमाओवादी)
रामेछाप ः डिल्लीमान तामाङ (पूर्वमाओवादी)
नुवाकोट ः पुष्प लामिछाने (पूर्वमाओवादीं)
युवा–विद्यार्थी विशेष ः रमेश मल्ल (पूर्वमाओवादी)
मजदुर विशेष ः गणेश रेग्मी (पूर्वमाओवादी) (नयाँ पत्रिका)