जेल कि यातना घर ?, समाजिक सञ्जाल चलाउदै सरकार, मुलुकको समृद्धि नै सपना
आजका खबर पत्रिकाहरुले विभिन्न फरक समाचारहरुलाई विशेष स्थानका साथ छापेको छ । आजका पत्रपत्रिकाहरुले दुर्घटनाका घाईतेअस्तालमा बन्दि बनाउने देखी मुलुकको समृद्धि नै सपना शिर्षकका समाचारहरुलाई मुख्य समाचरा नाएको छ।
कान्तिपुरः समाजिक सञ्जाल चलाउदै सरकार
आजको कान्तिपुर दैनिकले सामाजिक सञ्जाल चलाउदै सरकार शिर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ। समाचरामा भनिएको छ्, राज्यका सबै निकायले अब सामाजिक सञ्जाल फेसबुक, भाईबर र ट्वीटर अनिवार्य रुपमा चलाउनु पर्ने कार्यविधि सरकारले ल्याएसंगै सरकारले सामाजिक सञ्जाल चलाउनै पर्ने भउको हो । यस्तै प्रधानमन्त्रीको फोटो विगारीसेयर गर्नेलाई पाँच वर्ष कैद शिर्षकको समाचारलाई पनि कान्तिपुरले मुख्य पृष्ठमा छापेको छ । यस्तै प्रेसमाथि झनै अंकुस शिर्षकको समाचारलाई पनि कान्तिपुरले मुख्य पृष्ठमा छापेको छ । समाचामा भनिएको छ्, सरकारले संसदमा पेस गरेको गोपनियता सम्बन्धि विधेयकले पत्रकारलाई सुचना संकलन गर्न अझ कठिन हुने भएको छ ।
यस्तै कालिमाटिका ९८ स्टल खारेज र टेलिमेडिसिनले जोगायो शिर्षकका समाचारलाई पनि आजको कान्तिपुर दैनिकले मुख्य पृष्ठमा स्थान दिएको छ ।
अन्नपुर्ण पोष्टः जेल कि यातनाघर ?
आजको अन्नपुर्ण पोष्टले मुस्लिम धर्मालम्बिको दोस्रो ठुलो पर्व बकर ईदमा अभिभावकसंग प्राथना गर्न लागेको एक बालिकाको फोटोलाई मुख्य पृष्ठमा छापेको छ । यस्तै अन्नपुर्णले जेल कि यानाघर ? शिर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचारमा भनिएको छ्, नेपालका जेलहरुमा कैदी बस्ने ठाउँहरु व्यवस्थित नभएको कुरालाई उठान गरिएको छ। यस्तै देशभरिका जेलहरुमा न पानीको सुविधा छ नत सुत्नका लागी राम्रो ओछ्यानको नै । सधै कैदिबन्दिहरु लामखुट्टेको सिकार हुनुपरेको समाचारमा उल्लेख गरिउको छ । यसैविच जेलखानाहरुमा कैदीहरु राख्न पाउने क्षमता भन्दा बढि कैदिहरु राखिएको कुरालाई पनि उठान गरिउको छ । आजको अन्नपुर्णले नेताको सम्पति खोजी शिर्षकको समाचारलाई पनि मुख्य पृष्ठमा स्थान दिएको छ। समाचारमा भनिएको छ्, नेकपाले आफ्ना केन्द्रिय नेताहरुको सम्पति राख्न सुरु गरेको विषयलाई उठाईएको छ। नेकपाले यहि भदौ भित्र सम्पति विवरण बुझाउन १० दिन अघि नै केन्द्रिय सदस्यहरुलाई सुझाएको उल्लेख छ । निर्वाचित भएको ६० दिनभित्र केन्द्रिय सदस्यहरुले सम्पति विवरण बुझउनु पर्ने विधानमा उल्लेख गरिएको छ। यस्तै अन्नपुर्णले सेनाको २३ करोड जोखिममा शिर्षको समाचारलाई पनि प्रमुख समाचार बनाएको छ । समाचारमा सेनाको नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रहेको उल्लेख गरिएको छ। यस्तै आयोजनामा ५ अर्ब ५२ करोड ५७ लाख लगानी गरिएको र ४१ अर्ब ५८ करोड ८२ लाख चल अचल सम्त्ति रहेको उल्लेख गरिएको छ ।
नयाँ पत्रिकाः दुर्घटनाका घाईते अस्पतालमा बन्दी
आजको नयाँ पत्रिका दैनिकले दुर्घटनाका घाईतेहरुलाई अस्पतालले बन्दि बनाएको समाचारलाई मुख्य समाचार बनाएको छ । यो ग्राण्डि अस्पतालको हो । ग्राण्डि अस्पतालले चितवनको राप्ति नगरपालिका भण्डाराका रमेश हुमागाईको मोटरसाईकललाई ११ जेठमा ट्रकले ठक्कर दिँदा गम्भिर घाइृते भए उनलाई उपचारको लागी काठमाडौं धापासीस्थित ग्राण्डि अस्पतालमा ल्याईयो । उपचारको क्रममा उनको एउटा गोडामा स्टिल राखिएको छ भने अर्को गोडा काटेरै फाल्नु पर्यो । करिब १७ लाख बिल उठेपछि रमेशको उपचार सकियो । तर, पैसा तिर्न नसक्दा उनी घर फर्कन पाएका छैनन् । यस्तै खोटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दिपेन्द्र श्रेष्ठ पनि पैसा तिर्न नसक्दा ग्राण्डिमा थन्किएका छन् । यस्तै नयाँ पत्रिकाले १३ वर्षिय बालिका बलात्कृत, नेकपाका ६५ जिल्लाको नेतृत्व बाँडफाँड, प्रदेश २ सभामा प्रधानमन्त्रीको सम्बोधनले राजपामा विवाद लगायतका समाचारलाई मुख्य पृष्ठमा स्थान दिएको छ। समाचार अनुसार नेकपाले ६५ जिल्ला मध्य ३९ जिल्लामा पुर्व एमाले र २५ जिल्लामा पुर्व माओबादिलाई नेतृत्व दिएको छ ।
हेर्नुहोस यस्ता छन् आजका खबर पत्रिकाका मुख्य पृष्ठ








