बौलाहा स्यालले टोक्दा तीनजना घाईते

६ भाद्र २०७५, बुधबार १८:१९

बैतडिमा बौलाहा स्यालको टोकाईबाट तीन जना घाईते भएका छन् । घाईते तीनै जना पाटन नगरपालिका ६ का स्थाई बासिन्दा रहेका छन् । घाईतेहुनेमा दमन्ती जोशी, विन्दा जोशी र नरेन्द्र भण्डारी रहेका छन् । उनीहरुलाई घरमै बसिरहेका बेला उनीहरुलाई स्यालले टोकेको हो ।

स्यालहरुले गाउँघरमै पसेर टोक्न थालेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेबिजविरुद्धको भ्याक्सिन नहुँदा घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ