पर्यटकिय नगरी पोखरामा ८ अर्ब लागतमा ८ तलाको अपार्टमेन्ट निर्माण गरिने भएको छ । उक्त भवन पोखराको अहिले सम्मकै ठुलो भवन पनि हुनेछ । यो भवनलाई पोखराका युवा व्यावसायी बिमल बसेलले निर्माण गर्ने भएका छन् । पोखरामा घरहरु यत्रतत्र बनाउने क्रम बढिरहेका बेला धेरै घरहरु निर्माण नगरि एउटै घरमा धेरैलाई राख्न सहज होस भन्ने हेतुले उक्त घर निर्माण गर्न लागीएको हो ।
अहिले सम्म पोखरामा १० देखी १२ तला सम्मका घरहरु मात्र निर्माण हुदै आएका छन् । यति ठुलो घर भने पहिलो चोटी पोखरामा निर्माण गरिने भएको छ । यो घरलाई निजि निवासका लागी प्रयोग गर्न निर्माण गरिने भएको हो ।
पोखरामा जथाभावि रुपमा घरहरु निर्माण गर्दा जग्गा जमिन कमहुदै गएको तथा घरहरुको संख्या बढ्दै गएकाले विममले यस्तो योजना ल्याएका हुन् । यसमा ४ सय ८४ वटा अपार्टमेन्टमा हुनेछन् भने दुईवटा भवनमा निर्माण गरिने छ ।
लिभ दि ड्रिम लाइफ उद्घोषका साथ बि एण्ड बि हाउजिङ प्रालिले निर्माण गन लागेको उक्त घर अवको तीन बर्षमा पोखरा महानगरपालिका १८ स्थित सेदीबगरमा ‘बि एण्ड बि लेक भ्यू रिसोर्ट अपार्टमेन्ट’ नामक सोसाईटीको रुपमा निमार्ण हुनेछ ।
पोखरामा घर जग्गा अभाव भएको अबस्थामा धेरै मानिसहरुको लागि सेवा दिने उद्धेश्यले ३६ रोपनी क्षेत्रफलमा उक्त अपार्टमेन्टको योजना अघि सारेको उनको भनाई छ । १८ तलाको अपार्टमेन्ट निर्माणका लागि करिब ८ अर्ब रूपैयाँ लगानी हुने भएको उनले बताए । ३ तलाको पार्किङ सहित १८ तलाको अपार्टमेन्ट निर्माण हुने भएको छ भने तीन वर्षमा उक्त योजना सफल हुने निर्देशक बसेलले बताए ।
प्रारम्भिक चरणमा बसेल परिवारबाटै लगानी भई काम प्रभारम्भ भएके छ भने अब केहि बैंकिङ पाट्नर सहित बुकिङकर्ताहरुबाट संकलित रकमलाई उक्त भवन निमार्णमा लगानी गर्ने तयारी भएको शंकर कार्कीले बताए । व्याङलोरको प्राविधिक सहितको टोलीले उक्त अपार्टमेन्टको डिजाइन बनाउदै गरेको इ।बिक्रम लामाले बताए । मुख्य लगानी बसेलको भए पनि कार्की र लामा पनि उक्त प्रोजेक्टका संचालक हुन। हाल प्रालिले भूगोल र माटो परिक्षण गरी थप आफुहरुले हाल निर्माण गर्न खोजेको डिजाइनमा थोरै परिवर्तन हुन सक्ने कार्कीले जनाए ।
टाइम सेयरिङमा आधारित अपार्टमेन्टका आफ्नै बिषेशता रहेको उनले बताए । उनले भने “ मैले पश्चिमा मुलुक घुमेर देखेर आएको अनुभवले गर्दा अनुभुतिको छायाङकनको सपना हो अपार्टमेन्ट, जसले संसारभरका मानिसलाई दोस्रो घरको याद दिलाउछ । ” आफ्नो २५ बर्ष पहिलाको सोच भएको बताउदै बसेलले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएसंगै आफुहरुको समेत उक्त अपार्टमेन्ट संचालनमा आउने दाबी गरे । गण्डकी प्रदेशको राजधानि सहितको पोखरा पर्यटनको ट्रान्जिट प्वाइट भएकोले गर्दा पनि उक्त अपार्टमेन्टले पोखराको पर्यटनको लागि थप टेवा पुग्ने बताए । पोखरामा जनघनत्वको आधारमा थोरै जमिन भएको पोखरामा अपार्टमेन्टको अवधारणामा जानसके धेरै मानिसलाई पोखरा क्षेत्रमा व्यबस्थापन गर्न सकिने बसेलले जनाए ।
अपार्टमेन्टमा रुफटप रेष्टुरेण्ट, सुपरमार्केट, ट्राभल्स सर्भिस, सलुन, व्यूटि पार्लर, स्पाः मनी चेन्जर, व्याडमिन्टन, बलिङ, २ वटा स्विमिङ पुल, एटिएम, हेल्थ क्लब, पेन्ट घर, फिल्म हल सामुदायिक भवन लगायतका आवश्यक सुविधा रहने बसेलले बताए। अपार्टमेन्टबाट फेवाताल, लेकसाइड, शान्ति स्तुपा, केबुलकार, प्याराग्लाइडिङ सहितका दृश्यसम्म अवलोकन गर्न सकिन्छ उनले जनाए । उक्त योजनाको लागि हाल जमिन सम्माउने काम अन्तिम चरणमा पुगेको प्रालिले जनाएको छ ।
उक्त अपार्टमेन्टको बुकिङ समेत खुल्ला भएको उनले जनाए । १ करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्न सकिने प्रालिले जनाएको छ । उनले भने “ हामीले हाल प्रिलन्चिङको अवसरमा ५ प्रतिशत छुटको व्यवस्था गरेका छौं, धेरै उत्साहित भएकाले हाम्रो योजना सफल हुनेमा हामी पुर्ण आशा बादी छौं ।”
